बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताए ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

कर्णालीमा शनिबार दिनभर विद्युत् अवरुद्ध

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

वर्षा भएसँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४