सीप सिक्दैः गोठी गाउँकी महिला


गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । जुम्लाको गुठिचौर गाउँपालिका–२ गोठी गाउँका महिलाहरु स्वरोजगार बन्न थालेकी छन् । महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेकी हुन् । गुठिचौर गाउँपालिकाले गरिबी निवरणका लागि लघुउद्यम विकास मेडपा कार्यक्रम मार्फत महिलालाई सीप सिकाएको हो ।

आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको गुठिचौर गाउँपालिका– २ गोठी गाउँकी निर्मला बुढाले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ । ‘अब आलु खेर जाने छैन्। सीपबाट आर्थिक समृद्धि हासिल गर्ने छु।गाउँपालिकाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न चिप्स बनाउने सीप प्रदान गरेको हो । गाउँपालिका मार्फत अन्य समयमा पनि विभिन्न आयआर्जनका सीपयुक्त तालिम सञ्चालन भइरहन्छ ।

आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने र प्याकिङ गर्न सिकीसकेको बुढा बताउँछिन् । आलुबाट निर्माण हुने विभिन्न प्रकारका परिकार बनाएर बजारसम्म लैजाने उनले बताइन्। “यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउनेछ”, उनले थपिन्, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ।”

यसअघि चुलोचौको र वनपाखा,पानीपँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जनका माध्यमबाट आत्मनिर्भरको बाटो रोजेका छन्।उक्त गाउँकी छायादेवी बोहोराले पनि अहिले आलु चिप्स बनाउन सिक्दै आएकी छन्। यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ ।
अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो,तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्नेसमेत समय नहुने गरेको बताइन्। यो अबधिमा पनि धेरै कुरा सिक्न पाएको उनको भनाइ छ । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको अपेक्षा छ।वर्षेनी आलु बेचेर घर खर्च देखि बालबालिका पढाउने गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘गाउँमा आलु उत्पादन धेरै हुन्छ। तर बजार नहुँदा समस्या छ ।’आलुको मूल्य निकै सस्तो छ । भने जस्तो मूल्य पाइँदैन।प्रत्येक घरमा न्यूनतम ८० क्विन्टल देखि १ सय क्विन्टलसम्म आलु उत्पादन हुन्छ।महिलालाई प्रशिक्षण गुठिचौर –३ का चित्रबहादुर बुढाले सीप सिकाइ रहेका छन्।सोही गाउँका २० जना महिलाले सीप सिक्दै छन्। प्रशिक्षक चित्रबहादुर सीप सिकेर व्यावसायिक रुपले अगाडि बढ्न प्रशिक्षार्थीलाई आग्रह गरे।

अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित हुने बताउँछन्।उनले भने, “स्थानीय सरकारले यसको बजारीकरणको लागि समन्वय गरे राम्रो हुन्थ्यो। विपन्न तथा आर्थिकरुपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको –२ का वडा अध्यक्ष दिपबहादुर ऐडीले बताए।गुठीचौर गाउँपालिका आलु उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले यो सीप जीवनउपयोगी हुने बताए। सिपलाइ आर्थिक समृद्धिमा जोड्न उनले आग्रह गरे ।चिप्स बनाउन गाउँपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिन लगायतका सामग्री सहयोग गर्न महिलाले अनुरोध गरेकी छिन्।हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकारसँग बन्दोबस्त गरिदिन महिलाले अपिल गरिन् ।

सीप सिक्दैः गोठी गाउँकी महिला

मलामी हिड्ने भिरको बाटो पिसिसि