दुध उत्पादक किसानका जायज माग पुरा गर
केही दिनदेखि दुग्ध उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसानको जीवन जीउने मुख्य आधार नै दुग्धजन्य पदार्थ बिक्रीबाट आएको आम्दानी नै हो । खाने, लाउने, बालबच्चा पढाउने, औषधी उपचार गर्ने दैनिक आवश्यक खर्चसमेत दुध विक्रिबाट जुटाउने गर्छन ।
न उनीहरुलाई अरु व्यापारी जस्तो छोटो समयमै प्रसस्तै सम्पत्ती जोड्नो लालसा हुन्छ । न त दुग्ध उत्पादनबाट कुनै ठूला सपना हुन्छन । हुन्छन त केवल आफ्नो दैनिकी सहज बनाउने । देशमै परिवारसङ्ग रुखो, सुखो जस्तो भएनी खाएर संगै बस्ने । कनिकुथी गरेर, ऋण सापट गरेर लाखभन्दा बढी लगाएर एउटा गाई भैँसी किनेको हुन्छ । जो संग उसका हर सपनाको डोरी जोडिएको हुन्छ ।
कम मुल्य लगानी गरे उत्पादन लिन धेरै समय लाग्छ । लाखौं लगाउन एउटा किसानलाई अप्ठ्यारो नै हुन्छ । जेनतेन दुध उत्पादन हुन थाल्छ । उसका रहर पुरा हुने खुशीमा उ दङ्ग हुन्छ । रातदिन उसकै सेवामा लाग्छ । जो संग उसका खुसीहरु पुरा हुने चाहाना हुन्छ । हिलो, धुलो, घाम पानी केही प्रर्वाह नगरी उसले त्यो दुध उत्पादनगरेको हुन्छ ।
यसरी बुझौं की उसको मेहेनतले आफ्ना पसिनाहरुलाई दुधमा रुपान्तरण गर्छ । त्यसरी उत्पादन गरेको दुध सरकारी दुग्ध खरिद बिक्री केन्द्र दुग्ध बिकास संस्थान डिडिसीले बिगत लामो समयदेखी भुक्तानी नदिएर उनीहरुका खुसीमा बादल मडारिएका छन् । अर्बौ रुपैयाँ किसानले भुक्तानी नपाएका कारण दुग्ध उत्पादक किसानहरु केही दिन यता बिभिन्न किसिमका बिरोधका कार्यक्रम आयोजना गरिरहेका छन् ।
यी मागहरु कसले सुन्दिने ? सुनुवाई गर्ने निकायले किन कानमा तेल हालेको छ ? के साँच्चै किसानका मागहरु नेताहरुका माग जस्ता आफुले पद नपाएर गरेको आन्दोलन जस्तै भएर सुनुवाई नभएको हो त ? होइन भने देशमै बसेर उद्यम गर्नेहरुप्रति सरकार किन उदासिन ? अलिअलि भएका युवा वर्गलाई पनि यो या त्यो बाहानामा पासपोर्ट थमाएर बेच्न खोजेको त हैन ? खवरदार यसो गर्ने छुट कसैलाई छैन । लगानी धेरै उत्पादन कम भएका कारण सरकारले उत्पादनमा अनुदान दिने कार्यक्रमको खुव ढोल बजाएको थियो खै कहाँ पुग्यो त्यो आवाज ? सरकारजस्तै पालो आउँदा मोटाउने तरिका सिकेको त छैन त्यसले पनि ? हुन त अगाडीकाकै तरिका त नसिकी नटिक्ने गाह्रो छ नि । य हुन त भाग लगाउने भान्सेका भागमा बढीभन्दा बढी पार्ने फर्मुला कन्फर्म नभएर होला ।
खाउ खाउ आमाको दुध खाएका भएपो दुधको महत्व र आवश्यकता थाहा हुन्थ्यो प्याकेट र बोतलवाला होलान भान्से । के महत्व था हुनु र ? यता ढोल बजाउन हालेर उता कस्तो युवालाई कुन देशमा बेच्दा कति नाफा हुन्छ भनेर ट्युसन पढ्दै होलान । छारो न कन्याई तिन्लाई ।
किसान मरुन कि बाँचुन ? त्यहि त हो नि हैन ? यदी हैनथ्यो भने किन सुनुवाई भएनन् किसानका मागहरु ? के किसानले तिम्रा गद्धी मागेछन् ? तिमि चढ्ने पजेरो मागेछन् ? तिम्रो खाने भाग मागेछन् ? उत्तर किन नदिने सरकार ? के सरकार यो प्रश्नको जवाफ पनि दिनै नसक्ने नाजवाफ र नालायक भएकै हो त ? के ति किसानका भोट बिनै सत्ताका मालिक बनेका हौ तिमी ? उन्का कुरा तिमिले सुन्नै नहुने, नपर्ने हो त ?
दुग्ध उत्पादक किसानलाई दिने भनेको सहुलियत अनुदान तुरुन्त देउ । नभए किन दिन सक्दैनौ त्यस्को जवाफ देउ । यि किसान पनि नालिमा दुध पोख्छन के । कसैले त सिकाउन कि त्यो दुधको अपमान नगर सडक÷नालीमा पोखेर ।ं लाखौ मान्छे दैनिक खान नपाएर भोकभोकै बसेका छन् ।
जाउ तिम्रा कुरा सुन्छौ, तिमीलाई यो र त्यो गरिदिन्छौ भन्ने लोभ देखाएर भोट माग्ने मगन्तेलाई त्यही दुधले नुहाईदेउ । कमले पनि पुग्ने । की माग सुनिदिन्छन् । कि हामी तिम्रा कुरा सुन्दैन भन्छन् । कि वार कि पार । नभए नालायकहरुलाई मालिक बनाएकोमा पुर्पुरोमा हात लगाउ बस ।





