उपकुलपति प्राडा सिंह आउँदादेखि जादाँसम्म तालाबन्दी

मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. नन्दबहादुर सिंह विश्वविद्यलयको उपकुलपति बनेर आउँदादेखि कार्यकाल सकिएर जाँदासमेत विवादमा परेर विदाई भएका छन् । १८ फागुन २०७६ फागुनमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा सिंह उपकुलपतिमा नियुक्त भएका थिए ।

उनी उपकुलपति नियुक्त भएपछि २१ औं शदाब्दीको विद्यार्थी केन्द्रित अध्ययन प्रणालीको विकास गर्ने बताएका थिए । ‘मध्यपश्चिम विश्वविद्यालयलाई देशकै नमूना विश्वविद्यालय बनाउने छौं’, उनले भनेका थिए, ‘कर्णालीको माटो सुहाउँदो उच्चशिक्षा सहज रुपमा प्रदान गर्ने हाम्रो प्रयत्न रहनेछ ।’

आफू कर्णालीवासी भएकाले पनि सबैसँग सहकार्य गरेर विश्वविद्यालयलाई नमूना बनाउने बताएका उनको कार्यकालभर उपकुलपतिको कार्यालय विश्वविद्यालयबाट नभएर निवासबाट नै चलाए । जाँदा पनि निवासमा पत्रकार सम्मेलन गरेर विदाई भए । उपकुलपति सिंहको चार वर्षे कार्यकाल यही १८ फागुनबाट पुरा भएको छ ।

६ महिनाबाटै सुरु भएको थियो किचलो
१८ फागुन २०७६ मा उपकुलपति नियुक्त भएका सिंहविरुद्ध १ साउनबाटै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका थिए । १ साउनमा विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले ताला लगाएका थिए ।

उनीहरुले उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा लामो समय तालाबन्दी गरेका थिए । विश्वविद्यालयका हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग गरिएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने । लगायतका मागहरु राख्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।

प्राध्यापक पनि आन्दोलन मै
सिंह उपकुलपती भएर आएसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल निकटका प्रध्यापकहरुले लामो समयदेखि विश्वविद्यालयमा आन्दोलन जारी राखे । उपकुपतीले मनोमानी गरेको भन्दै उनीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई लामो समय बन्धक बनाएर राखेको अवस्था छ ।

केहि दिन अघि आफ्नो कार्यकाल पुरा गरी विश्वविद्यालयबाट बाहिरिएका उपकुलपति सिंहलाई आंशिक उपप्राध्यापकहरु पुनः विवादमा तानेका छन् । शुक्रबार आंशिक उपप्राध्यापकहरुले सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा आफू अनुकmु कार्यकारी परिषद्को बैठकबाट निकटतमहरुलाई नियूक्ति, बढुवा र सरुवा गरेको आरोप लगाउदै विश्विद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले आफूहरुलाई पनि अविलम्ब करारमा नियूक्ति दिइनुपर्ने माग राखेका छन् । केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक उपप्राध्यापक श्याम थापाले बताए ।

‘विगत १० वर्ष यता विद्यालयमा अध्यापन गराउँदै हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेरका छौं,’ उनले भने,‘हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्नेछौं ।’विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक उपप्राध्यापक रहेको र करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएको थापाले बताए । ‘विश्वविद्यालयमा परीक्षा र प्रयोगात्मक कक्षाका रूपमा आंशिक शिक्षकका रूपमा पढाउन थालेको १० वर्ष भयो ।’ उनले भने,‘आफ्ना नजिक र आफन्तलाई करार नियुक्ति दिनुभयो । तर, हामीलाई नीतिगत रुपमा अन्याय भयो ।’

उपकुलपति सिंह विश्वविद्यालयबाट बाहिरिँदै गर्दा आफ्नै निवासमा (विस्तारित कार्यालय) भित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठकबाट व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरू भएको र सो निर्णयहरूमा उपकुलपति एवम् कार्यकारी सदस्यहरूको स्वार्थ केन्द्रित केही निकटस्थ आंशिक शिक्षकहरुलाई मात्र करार नियुक्ति दिइएको आंशिक शिक्षकहरूको आरोप छ ।

उनका अनुसार करारमा दुईपटक विज्ञापन भएपनि उपकुलपति सिंहले कार्यान्वयन नगरेको बताए । आफूहरुले पनि प्रतिस्पर्धाका आधारमा परीक्षामा सहभागी हुने भनेर आवेदन दिएको भए पनि उपकुलपति सिंहले नियम बनाउन नसकेको उनको भनाइ छ ।

नयाँ उपकुलपतिको आवेदन माग
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिले उपकुलपतिको खुला विज्ञापन गरेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल रहेको छनौट समितिले उपकुलपति छनौटको कार्यविधि बनाएर विज्ञापन गर्ने निर्णय गरेको हो ।

उनीहरुको कार्यकाल सकिनु अघि नै नयाँ उपकुलपति छनौट प्रक्रिया अघि बढाएको हो । यसअघि भएको त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयको विज्ञापनमा दर्खास्त, सोच पत्र र चार बर्षिय बिजनेस प्लान एकै पटक पेस गर्ने प्रावधान राखेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयमा भने निवेदन, शैक्षिक योग्यता, अनुभव, प्राज्ञिक अनुसन्धान परियोजना, समकक्ष समिक्षित जर्नल तथा ¥याङक जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख, विश्वविद्यालयमा कुनै स्वार्थ नभएको स्वघोषणा प्रमाण पहिलो चरणमा पेस गर्नु पर्ने प्रावधान राखेको छ ।

पहिलो चरणमा पेस गरेको व्यक्तिगत विवरणको आधारमा सर्ट लिस्ट भएका व्यक्तिले मात्रै विश्वविद्यालयको सोचपत्र र चार वर्षीय बिजनेस प्लान पेस गर्नु पर्ने प्रावधान छनौट समितिले राखेको छ ।

‘विश्वविद्यालय सुधारमा धेरै काम गरँे’
सिंहले आफ्नो कार्यकालमा विश्वविद्यालयमा आमुल परिवर्तनको बाटोमा गएको दाबी गर्दै विदाई भएका छन् । आफू आएपछि एकीकृत विश्वविद्यालयको भिजन अघि सारेको र त्यही भिजन अनुसार आफूले काम गरेको उनले बताए । ‘म आउँदा विश्वविद्यालय १३ करोड घाटामा थियो, ४० करोड ५९ लाख बेरुजु थियो, त्यसलाई घटाएँ,’ उनले भने,‘बेरुजु घटाएर ५ करोडमा झारिएको छ ।’

सात सङ्काय, ५० कार्यक्रम, २० प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी र १३ हजार विद्यार्थी रहेको विश्वविद्यालयमा पछिल्लो समयमा कृषि विषयको स्नातक पढाई हुन थालेपछि विद्यार्थी पढ्दै कमाउँदै अभियानमा जोडिएका सिंहको दावी छ । हर्बल उद्योगबाट साबुन, तेल लगायत सामान उत्पादन हुन थालेको उनको भनाई छ ।

विश्वविद्यालयको हालको वार्षिक बजेट एक अर्ब २० करोड छ । विश्वविद्यालयले कृषि उद्यमशीलतामा विश्वविद्यालय अनुदान आयोगबाट २७ लाखको बजेट प्राप्त गरेको छ भने, नौ सय सटरबाट बार्षिक २५ करोड आम्दानी गराउने योजना कार्यान्वयनमा ल्याएको सिंहको दावी छ । पाठ्यक्रममा ७० प्रतिशत विश्वस्तर, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिकता अपनाइएको उनले बताए ।

उपकुलपति प्राडा सिंह आउँदादेखि जादाँसम्म तालाबन्दी

दुध उत्पादक किसानका जायज माग पुरा गर

उपकुलपति प्राडा सिंह आउँदादेखि जादाँसम्म तालाबन्दी

महंगियो अर्गानिक खान्की, ब्रान्ड बन्यो चिनो