२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल हुने


२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले पुस २० गतेदेखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ । प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापक कर्णाली प्रदेश भलिबल संघ रहेको संघका कर्णाली अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गर्ने जनाइएको छ । एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आउनेछन् । प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ । सो मध्ये प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउने भएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो । कर्णाली भलिबल खेलको उर्वरभूमि भएपनि प्रतियोगिता र प्रशिक्षक नहुँदा पछाडि परेको नेपालका लागि पहिलो भलिबल क्याप्टेन रेशम गुरुङले बताए । उनले आफूहरू ३१ साल अघिदेखि भलिबल खेल क्षेत्रमा लागि परेको समेत सुनाए ।

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल हुने

उपचार हुँदैछ भनेर आमालाई ढाँटिएको सुजनको शव

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल हुने

विद्युतकै समस्यामा वीरेन्द्रनगर औद्योगिक क्षेत्र