प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल जुम्ला र हुम्ला फाइनलमा

जुम्ला, १८ फागुन ।
जुम्लामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनल खेलमा आयोजक टिम जुम्ला र हुम्ला खेल्ने छन्। शुक्रबार भएको दुई खेलबाट विजयीहासिल गरेका हुम्ला र जुम्ला फाईनल खेलमा प्रबेश भएका छन्। शुक्रबार भएको पहिलो खेलमा जुम्ला र सुर्खेत बीचको भएको थियो।

पेनाल्टी सुटआउटमा सुर्खेतलाई पराजित गर्दै जुम्ला फाईनलमा प्रबेश गरेको थियो।निर्धारित समयमा १/१ गोल बराबरी भएपनि भएको पनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्ला फाईनलमा पुगेको हो।भने कालिकोट र हुम्लाबीच प्रतिस्पर्धा भएको दोस्रो खेलमा कालिकोटलाई १ का विरुद्ध २ गोलले हुम्लाले फाईनलको पुगेको हो । प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधीका लागि जुम्ला र हुम्ला शुक्रबार खेल्ने छन् ।

प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल जुम्ला र हुम्ला फाइनलमा

सम्पादकीय : योजना बिनाको कर्णाली लगानी सम्मेलन

प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल जुम्ला र हुम्ला फाइनलमा

दुग्ध उत्पादक किसानलाइ‘मिल्क होलिडे’ गर्ने डीडीसीको धम्की