देशमा द्वन्द्व भड्काउने प्रयास हुँदैछः एमाले अध्यक्ष ओली
सुर्खेत ।
समाजमा द्धन्द्धको सिर्जना गर्न खोजिएको अवस्थामा पनि हालको सरकारले कुनै चासो नदिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
असामानता, भेदभाव तथा थिचोमिचो विरुद्ध राष्ट्रिय एकताका लागि एमाले सदैव लागेको उनले बताए । हालको समयमा नेपालमा द्वन्द्व फैलाउने काम भईरहेको बताउँदै उनले सरकारले यसतर्फ चासो नदिएको बताए ।
विविधताको धनी रहेको नेपाल सामाजिक सद्भावका साथ राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने उनले बताए । ‘यो सरकारले जनताको वास्ता गर्दैन । सरकारले शिक्षक आन्दोनमा पनि उनीहरुलाई फुटायो । करार शिक्षकका मागहरु सम्बोधन भएनन्’, उनले भने, ‘मान्छे मार्नेहरुलाई सरकारले सुरुक्क छोडेको छ । मन्त्रिपरिषद् पनि गठवन्धनको छ । अपराधिलाई संरक्षण गरेका छन् ।’
अपराधि कारागारमा बस्न नपर्ने भए अपराधिका लागि कानून किन बनाएको उनले प्रश्न गरे । सरकारले अरु माथि झुट्टा मुद्दा समेत लगाउने गरेको उनको दावि छ । यस अवस्थामा देशको अर्थतन्त्र उकालो नलाग्ने उनले बताए ।
यहि सरकार चलिरहन दिएमा देश भयानव अवस्थामा जाने उनले दावि गरे । यस अवस्थामा एमाले चिन्ति रहेको उनले बताए ।




