‘उद्देश्य विना पद प्राप्त गर्न मात्र सरकार बनाए’

सुर्खेत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदका लागि मात्र दलहरु मिलेर सरकार बनाएको आरोप लगाए ।

पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले अन्य दलहरुसँग विकासका अवधारणाहरु नभएको दावि गरे । एमालेले राणा शासनबाट यो अवस्थामा ल्याउन त्याग गरेको उनले बताए ।

एमाले नयाँ दल भएको उनले दावि गरे । एमालेका संगठनहरुमा समेत पदाधिकारीहरु नयाँ–नयाँ फेरिरहने हुँदा एमालेलाई नयाँ दल भन्न मिल्ने उनले बताए ।

अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षाका प्रवन्ध, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग लगायतका एमालेले शुरु गरेका कार्यक्रमले विकासलाई सघाउँ पु¥याएको उनले बताए ।

नेपालमा रेल खरिद तथा त्यसका लागि लिग समेत एमालेले नै निर्माण गरेको उनले बताए । एमालेले रेलको कुरा गर्दा रेलको खेलौना देखाएर मजाक उठाएको उनले स्मरण गरे ।

सिँजा सभ्यता, दुल्लु सम्भयता लगायतका स्थल रहेका कर्णाली अहिले पछि परेको उनले बताए । ‘ईतिहास सभ्यताहरु अरु देशमा भेटिदैनन् । कर्णालीमा हजारौ वर्षपहिले पनि विश्व विद्यालयहरु थिए । दर्शक, युगको शुरुवात यहाँ भएको थियो’, उनले भने ।

दुर्गमलाई सुगममा बदल्ने, उत्पादनमा वृद्धि गर्ने, सक्षम र दक्ष जनशक्तिको विकास गर्नुपर्ने उनले बताए ।

‘उद्देश्य विना पद प्राप्त गर्न मात्र सरकार बनाए’

कर्णालीमा कृषि उत्पादन तर्फ ध्यान दिनुपर्छः एमाले

‘उद्देश्य विना पद प्राप्त गर्न मात्र सरकार बनाए’

देशमा द्वन्द्व भड्काउने प्रयास हुँदैछः एमाले अध्यक्ष

This will close in 0 seconds