कर्णालीमा कृषि उत्पादन तर्फ ध्यान दिनुपर्छः एमाले अध्यक्ष ओली

सुर्खेत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिको प्रयोग बढाएर कर्णालीलाई उत्पादनमा जोड्नुपर्ने धारणा व्यक्त गरे ।

कर्णालीमा मानव, शिक्षा, पूर्वाधार स्वास्थ्य लगायतका विकास तत्काल आवश्यक रहेको उनले बताए । उनले भने, ‘प्राकृतिक र सांस्कृतिक हिसावले कर्णाली सम्वृद्ध छ । यसको अर्थ यहाँ विकासका सम्भावना छन् । जडिबुटी देखि जलविद्युत आयोजना लगायतका सम्भावना छन् । कृषिमा समेत यस प्रदेशमा आवश्यक पूर्वाधारबाट विकास गरिनुपर्छ ।’

निरन्तर बगिरहेको कर्णाली र भेरीको पानी सदुपयोग गर्नुपर्छ । कर्णालीमा कृषि, मत्स्यपालन पशुपालन लगायतका ध्यान दिनुपर्ने उनले बताए । कृषि उत्पादन तथा औषधिका लागि आवश्यक जडिबुटी उत्पादनमा कर्णालीमा सम्भावना धेरै रहेको उनले बताए ।

कर्णालीमा कृषि उत्पादन वृद्धि गर्न एमालेका कार्यकर्ता अग्रसर हुनुपर्ने उनले बताए । कर्णालीका युवालाई पालिकाबाटै कृषि तालिमका लागि पठाउनुपर्ने उनले बताए । वर्तमान सरकारले कर्णालीमा उत्पादन वृद्धि गर्न तर्फ ध्यान नदिएको उनको आरोप छ ।

कर्णालीमा कृषि उत्पादन तर्फ ध्यान दिनुपर्छः एमाले अध्यक्ष ओली

खेती गर्न छाड्दा लोप हुने अबस्थामा लट्टे

कर्णालीमा कृषि उत्पादन तर्फ ध्यान दिनुपर्छः एमाले अध्यक्ष ओली

‘उद्देश्य विना पद प्राप्त गर्न मात्र सरकार