चन्दननाथ मन्दिरको दर्शन गर्ने पर्यटकहरु बढ्दै


पछिल्लो समय कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ ।

राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका छन् । चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा झण्डै नौ हजार बढी पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन गरेका छन् ।

पछिल्लो समय पर्यटकहरु बढ्दै गएपछि मन्दिरले भने अहिले उनीहरूको रेकर्ड समेत राख्ने गरेको छ । उक्त मन्दिरको महत्वका बारेमा जान्न चाहने पर्यटकलाई जानकारी दिने व्यवस्था समेत समितिले मिलाएको छ ।

चन्दननाथ मन्दिरको इतिहास विश्वको सवैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन संग जोडिएकोले पनि यस क्षेत्रमा पर्यटक आएर अति नै चासोको रुपमा अवलोकन गर्ने गरेका छन् । समितीका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार पर्यटक आगमनको संख्या बढेपनि भेटी चढाउने क्रम भने बढेको छैन् ।

उनले भने, ‘बाह्य भन्दा आन्तरिक पर्यटकले यो मन्दिरको अवलोकन गर्छन् । तर आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकले दक्षिण बढी चढाउँछन् । आन्तरिक पर्यटकले न्युनतम पाँच देखि अधिकतम १० रुपैयाँ सम्म भेटी चढाउने गरेकोमा बाह्य पर्यटकले भने एक सय रुपैयाँ भन्दा बढी दक्षिणा दिन्छन् ।’

चन्दननाथ मन्दिरको महत्व र गरिमाका विषयमा जानकारी लिन आउने पर्यटकको संख्यामा बृद्धि हुँदा खुसी लाग्ने गरेको स्थानीय बताउँछन् ।

दैनिक ८० देखि एक सय जना पर्यटकले मन्दिरको दर्शन अवलोकन गरेर फर्कने गरेका छन् । खरिदार आचार्यले भने,फोटो शेषन गर्छन् । मन्दिरको इतिहास वुझ्न रुची देखाउँछन् । जुम्लामा आउने सर्वसाधारण देखि उच्चस्तरीयसम्मले दर्शन अवलोकन गर्ने गरेका छन् ।

पर्यटकको संख्या बढ्दै जाँदा पनि यो मन्दिर अझै पर्यटक मैत्री बन्न सकेको छैन । उनले भने, ‘राज्यले चासो दिदैन् मन्दिर वरिपरिको घर टहराको भाडाले खर्च धान्न सकिदैन् ।’ कर्णाली राजमार्ग हुँदै रारा घुमेर यहाँ आउनेहरू बढिरहेका छन् ।
आगामी यात्रा सुखद होस् भनेर दर्शनार्थीहरू मन्दिरको दर्शन गरेर फर्किने गरेको उनले बताए ।

केही पर्यटक भने जहाजबाट जुम्ला आएर रारा जाने गरेको उनले जानकारी दिए । मन्दिरमा हिउँदमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म र वर्षायाममा ४ देखि ६ बजेसम्म पूजाआजा हुने गरेको छ । जसमध्ये तीन हजार दुई सय वर्गमिटर जग्गा लिजमा दिइएको छ ।

मन्दिरमा कृष्णाजन्माष्टमी, घटास्थापना, दत्रातय जयन्ती र महाशिवरात्रीको दिनमा मेला लाग्छ । अप्रिय घटना हुन नदिन मन्दिर परिसरमा सीसी क्यामरा जडान गरिएको छ ।

प्रहरी मन्दिरको सुरक्षामा खटिएका छन् । तर कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई जुम्ला आउन सास्ती भएको उनले गुनासो छ ।

बुटवल, झापा, धनकुटा, पोखरा, काठमाडौ, लगायतका ठाउँबाट पर्यटक मन्दिरमा पुग्छन् । मन्दिरमा दिउँसो पनि दर्शन गर्न पाउने व्यवस्था मिलाउन सकेमा धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने समितीका अध्यक्ष अमरबहादुर थापाले बताए ।

पर्यटक र भक्तजनको संख्या बढ्दै गएपछि मन्दिरलाई व्यवस्थित बनाउन लागिएको बताए । उनका अनुसार मन्दिरको आयस्रोत बढाउने समितिको प्राथमिकता छ ।

चन्दननाथ मन्दिरको दर्शन गर्ने पर्यटकहरु बढ्दै

YUGAAWHAN NATIONAL DAILY (2080-08-06)

चन्दननाथ मन्दिरको दर्शन गर्ने पर्यटकहरु बढ्दै

दाउरा ल्याउने क्रममा ढुंगा लागेर एक महिलाको