दाङमा एउटै घरका दाजुभाइ मृत फेला

दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिम स्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाई छ । मंगलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाई छ ।






