फुटबल मैदानमा हेलिकप्टर अवतरण घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

काठमाडौं,५ माघ ।

फुटबल चलिरहेको स्याङ्जा, वालिङ खेल मैदानमा बिहीबार हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ। खेल चलिरहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेका थिए। त्यसपछि अवस्था असामान्य बन्न पुगेको थियो।

स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरूनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औं मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए।

राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमतिबिना मैदानमा बिनासूचना, बिनाजानकारी हेलिकप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन्।हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए।

’बिरामी लिएर आएको, बिरामी लिन आएको वा हेलिकप्टरमा कुनै समस्या आएमा अकस्मात अवतरण गर्नुपर्थ्यो। त्यस्तो आपतकालीन कुरा सबैले बुझ्नुहुन्थ्यो,’ उनले भने, ’खेल भइरहेको स्थानमा खै के उद्देश्यले हो हेलिकप्टर अवतरण गरियो, जुन कुनै आकस्मिक नभई नियोजित रूपमा भएकाले पनि दर्शकहरू आक्रोशित हुनुभएको हो।’

संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानबिन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको छ। पोखराबाट आएको हेलिकप्टरमा पाइलट र स्थानीय तीन यात्रु थिए।

पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा संघको माग

यता वायुसेवा सञ्चालक संघले पनि हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ।संघले बिहीबारै विज्ञप्ति जारी गर्दै पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको हो। संघका अनुसार यात्रुले दिएको जिपिएस कोर्डिनेटअनुसार हेलिकप्टर अवतरण गरिएको थियो। सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गर्दा घाइते भएका छन्।

उक्त घटनाको भत्सर्ना गर्दै संघले जिउज्यानको पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिइ सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको ठहर गरेको छ।घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन संघले माग गरेको हो।

फुटबल मैदानमा हेलिकप्टर अवतरण घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

फुटबल मैदानमा हेलिकप्टर अवतरण घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

होटल आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार

Leave a comment

Your email address will not be published. Required fields are marked *