जुम्लाको तातोपानीमा तीन हजार भन्दा बढि घरको बीमा


कर्णालीमा भूकम्प लगायतका विपद् प्रतिरोधि संरचना नभएकैले ठुलो भौतिक क्षति हुने गरेको छ । गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पका कारण कर्णालीमा अर्बौको भौतिक क्षति भएको छ । करिब १० हजारबढी घर मात्रै पुर्ण तथा आशिंक क्षति भएका छन् ।

गत वर्षको असोजमा आएको बेमौसमी वर्षाले समेत जुम्लामा सयौ घरमा क्षति गरेको थियो । परम्परागत शैलीका घर धेरै भएका कारण पनि भूकम्पले कर्णालीमा बढी क्षति पुराउने अनुमान छ ।

प्राय विपद्बाट क्षति भएपछि नागरिकले तत्काल राहत नपाउने,पाएपनि आबश्यकता परिपुर्ति नहुने समस्या छ । गत वर्षको असोजमा आएको बाढी पहिरोले घर भत्कीएका जुम्ली नागरिकले कतै बाट राहत पाउन सकेनन् ।

स्थानीय सरकारले दिएको एक त्रिपाल लगायतका सिमित लत्ता कपडाले घरको आबश्यकता पूरा गर्न सकेन् । सीमित स्रोत भएकोले पनि धेरै राहत दिन सक्ने अबस्थामा स्थानीय सरकार थिएन् ।

बढ्दो भूकम्पिय जोखिम, बाढी पहिरोले गर्ने क्षति र बीमा नगरेका कारण नागरिकले व्यहोर्नु परेको घाटा नोक्सानलाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले घर बीमा गरेको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाका ३३ सय घरधुरीको घर बीमा गरिएको हो । बढ्दो भूकम्पिय जोखिम र त्यसले गर्ने क्षतिलाई मध्यनजर गर्दै तातोपानीले पालिकाभरीकै १–८ नम्बर वडा सम्मका ३३ सय घरधुरीको बीमा गरेको हो ।

शिखर इन्स्योरेन्स कम्पन्नी लि.जुम्लासंग पालिकाले घर बीमाको सम्झौता गरिएको हो । पालिकाका कुनै घरधुरी नछुट्ने गरि एकमुष्ट ३३ सय घरधुरीको बीमा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

‘विपद आएर क्षति भईसकेपछि पालिकाले दिएको १०–१५ हजार रुपैयाँ राहतले कुनै आवश्यकता पुर्ति हुने देखिएन् । सबैलाई थौरै थोरै राहत दिनुभन्दा एकमुष्ट बीमा गरिदिएपछि नागरिक पनि ढुक्क पालिका पनि ढुक्क । थोरै राहत दिने झन्झटनै हट्यो,’ चौलागाईले भने ।

त्यहि राहत दिने रकमकै बीमामा लगानी गरिएको छ । अब केही विपद्बाट घर भत्कीएको खण्डमा नागरिकले उचित राहत पाउने छन् ।

बाढी पहिरो पछि राहत वितरणमा ढिलाई हुने, तथ्यांक संकलनमै महिना बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो उतिकै आउने जस्ता समस्या रहेकोले घरको बीमानै गरिदिएपछि सबै समस्याबाट मुक्त भईने अध्यक्ष चौलागाइले उल्लेख गरे ।

जुम्लाका ८ स्थानीय तह मध्य तातोपानीले पहिलो घर बीमा कार्यक्रम ल्याएको हो । यदपी, फाटफुटमा अन्य पालिकाका केही घरहरुको बीमा भएपनि समग्र पालिकाकै घर बीमा गर्ने तातोपानी पहिलो बनेको हो ।

घर बीमाका लागि पालिकाले प्रतिवर्ष करिब साढे १५ लाख रुपैयाँ लगानी गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताए । उनका अनुसार बीमा पश्चात विपन्न नागरिकलाई बढी राहत हुने छ ।
बीमा कम्पन्नी संग सम्झौता भईसकेको र केही दिनमा भुक्तानी दिईने उल्लेख गरे ।

यता शिखर इन्स्योरेन्स कम्पन्नी लिमिटेड कर्णाली ईन्चार्ज रिसिराम पाण्डेले पालिका भरीकै घर बीमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको बताए । विभिन्न खाले जोखिम बढ्दो क्रममा छन् ।

तीन हजार तीन सय घरधुरीका लागि प्रतिघरलाई चार सय ६६ रुपैयाँका दरले १५ लाख ३७ हजार आठ सय रुपैयाँ प्रिमियम शुल्क लाग्ने छ । त्यस बापत नागरिकले कुनै विपद्बाट क्षति भएमा पाँच लाख क्षतिपुर्ति पाउने ईन्चार्ज पाण्डेको भनाई छ । यदपी बढी क्षतिपुर्ति पाउन बीमा स्वयम घरधरीले बढाउन सक्ने छन् ।

हल जुम्लामा १४ सय घरको घर बीमा गरिएपनि थपिएको तीन हजार तीन सय संगै जुम्लाका कुल चार हजार सात सय घरको घर बीमा गरिएको शिखर इन्स्योरेन्स जुम्लाले जनाएको छ ।

जुम्लाको तातोपानीमा तीन हजार भन्दा बढि घरको बीमा

YUGAAWHAN NATIONAL DAILY (2080-08-26)

जुम्लाको तातोपानीमा तीन हजार भन्दा बढि घरको बीमा

पुल निर्माण नहुँदा आउजाउ गर्न समस्या