मध्यपश्चिम विश्वविद्यालयमा ५२ करोड लागतका ४ वटा नयाँ भवन शिलान्यास

मध्यपश्चिम विश्वविद्यालय (एमयू) का विभिन्न ४ वटा शैक्षिक भवनहरु निर्माणको शिलान्यास गरिएको छ । करिव ५२ करोडको लागतमा केन्द्रीय पुस्तकालय भवन, ग्य्रार्जुयट स्कुल अफ म्यानेजमेन्ट भवन, अनुसन्धान तथा विकास केन्द्र भवन र परीक्षा व्यवस्थापन भवनको शिलान्यास गरिएको हो । एमयूका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह र रजिष्टार प्रा. डा. नारायण प्रसाद पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

केन्द्रीय पुस्तकालय भवनको निर्माण कार्य पन्त–कार्की जे.भि., ग्र्याजुयट स्कुल अफ म्यानेजमेन्ट भवनको निर्माण वाईएसएस–एसबी (वाइएसएस–एसबी) जे.भि., त्यसै गरी अनुसन्धान तथा विकास केन्द्र (आर एण्ड डि सेन्टर) भवनको निर्माण एपिएम–शुभ आशिर्वाद जे.भि. र परीक्षा व्यवस्थापन कार्यालय शर्मिला–आज जे.भि. ले निर्माण गर्ने गरी सम्झौता भएको छ । ४ वटै भवन निर्माणको कुल लागत भ्याट बाहेक करीब ५२ करोड रहेको छ ।

विश्वविद्यालयमा केन्द्रिय पुस्तकालयका लागि १७ करोड २५ लाख २४ हजार एक सय २४ रुपैयाँमा भवन निर्माण हुदैछ । यो भवन निर्माणका लागि पन्थ कार्की जेभीसँग सम्झौता भएको हो । त्यसैगरी विश्वविद्यालयको अनुसन्धान तथा विकास केन्द्रका लागि १२ करोड ५१ लाख ३१ हजार पाँच सय ९७ रुपैयाँमा अर्को भवन निर्माण हुने भएको छ ।

यो भवन निर्माणका लागि एपिएम-शुभा आर्शिवाद जेभीले जिम्मा लिएको छ । व्यवस्थापन संकायका लागि आठ करोड एक लाख २८ हजार ६ सय ३३ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी वाईएसएस-एसबि जेभी कम्पनीले निर्माण कार्य पाएको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका लागि आठ करोड १४ लाख ४६ हजार चार सय १५ रुपैयाँमा सर्मिला जेभीले भवन निर्माण गर्दैछ । यि चार वटै भवनको २०८२ असोज २१ गते भित्र निर्माण कार्य सक्ने सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा ५२ करोड लागतका ४ वटा नयाँ भवन शिलान्यास

गाउँपालिकाको भवन निर्माण गर्न स्थानीयले दिए नि:शुल्क

मध्यपश्चिम विश्वविद्यालयमा ५२ करोड लागतका ४ वटा नयाँ भवन शिलान्यास

YUGAAWHAN NATIONAL DAILY (2080-07-24)