रुकुम पश्चिमको काका खोलामा शव भेटियो

चौरजहारी नगरपालिका–४ काला खोलामा एक जना पुरुष मृत फेला परेका छन् । स्थानीय ६० वर्षीय भूपेन्द्र बुढाथोकी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार दिउँसो साढे १२ बजेतिर बुढाथोकी मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि प्रहरी टोली पुगेको थियो ।

घरदेखि १ घण्टा उत्तरतर्फको खोलामा उनी मृत फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि खड्काले बताए ।

रुकुम पश्चिमको काका खोलामा शव भेटियो

परीक्षण उडानमा राजनीति बन्द गर !

रुकुम पश्चिमको काका खोलामा शव भेटियो

YUGAAWHAN NATIONAL DAILY (2080-06-22)