‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ विरुद्ध जुम्लाका दर्जनौं पत्रकारलाई सचेतना

जुम्ला सहित तीन जिल्लाका पत्रकारलाई ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’(प्रतिजैविक प्रतिरोध) विरुद्ध सचेतना प्रशिक्षण दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग, युएसएआईडीको सहयोगमा जुम्लाको सदरमुकाम खलंगामा भएको एन्टिमाइक्रोबियल प्रतिरोध संवेदनशीलता कार्यक्रममा जुम्ला,कालिकोट मुगु जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना प्रशिक्षण दिइएको हो ।

पत्रकारहरूलाई एन्टिमाइक्रोबियल प्रतिरोध, विशेष गरी एन्टिबायोटिक प्रतिरोध, र प्रतिरोध दरहरू सुस्त बनाउन प्रयास र हस्तक्षेपहरू प्रवर्द्धन गर्न उनीहरूको आफ्नै भूमिका बुझ्न मद्दत गर्ने उद्देश्य राखेको थियो ।

सचेतना कार्यक्रममा विभिन्न सञ्चारमाध्यम, रेडियो, प्रिन्ट र टेलिभिजनका पत्रकारहरुलाई एकै ठाउँमा ल्याएको थियो । युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका वरिष्ठ प्राविधिक सल्लाहकार डा. सन्तोष दुलालले एन्टिमाइक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, विश्वव्यापी फैलावट, राष्ट्रियस्तरमा देखापरेका चुनौती र भोग्नु परेका असरबारे प्रस्तुति राखे ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वमा मौन महाव्यायधिका रुपमा देखापरेको छ,उनले भने,विश्वमा ५० प्रतिशत एन्टिबायोटिकमा अनावश्यक प्रयोग हुँदा त्यसले मानव जीवन, कृषि, प्राणी र वातावरणमा ठूलो असर परेको छ ।

यसबाट नेपाल जस्ता विकासोन्मुख देशले समस्या भोग्दै आएको बताउँदै डा. दुलालले यसको चुनौती र असरको सामनाका लागि विश्वव्यापीरुपमा रणनीति बनिसकेको र नेपालले पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँग जुँध्न राष्ट्रिय कार्ययोजना निर्माण गरेको जनाए ।

त्यस्तै, युएसए आइडीका डा. मदन कुमार उपाध्यायले एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राखे । संस्थाका अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु प्रस्तुत गरेका थिए ।

एन्टिबायोटिकको प्रयोगले हुने असरबारे कर्णाली प्रदेशका सबै समुदाय स्तरका नागरिकलाई सुसूचित गराउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखेर सचेतना प्रशिक्षण सञ्चालन गरिएको उनको भनाइ थियो ।
सचेतना अभिवृद्धिमा पत्रकारको भूमिका महत्वपूर्ण हुनेछ। उनले भने,व्यक्ति, समाज र सिङ्गो मुलुकलाई प्रभाव पार्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना छर्न पत्रकारको अहम् भूमिका रहेको जनाए ।

युएसएआईडीका देशीय परियोजना निर्देशक डा ब्रिना ट्रयापले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्याका बारेमा जानकारी दिए।यसले मानवजीवन, कृषि, जनावर तथा वातावरणमा असर पारेको छ । उनले भने, ‘यो विषयको उजागर गर्न र नागरिकलाई सचेत गराई नीति निर्मातालाई दबाब दिन पत्रकार सञ्चारकर्मीको महत्वपूर्ण भूमिका छ ।’

यता चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि सेवन गर्ने प्रवृत्ति परित्याग गर्नका लागि आम जनतामा सुझाव दिँदै यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि ग्रामीण क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्न आवश्यक भएको बताए ।

‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ विरुद्ध जुम्लाका दर्जनौं पत्रकारलाई सचेतना

गुर्भाकोटमा निशुल्क कान शिविर सम्पन्न

‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ विरुद्ध जुम्लाका दर्जनौं पत्रकारलाई सचेतना

रानीघाट भेरी नदीमा पुल निर्माण अन्योल

This will close in 0 seconds