जाजरकोट केन्द्रविन्दु भएर ५ वटा भूकम्पका धक्का

पछिल्लो २४ घण्टाको समयमा जाजरकोट केन्द्रविन्दु भएर पाँच वटा भूकम्पका धक्का महशुस गरिएको छ ।
शुक्रवार राति ११ः४७ बजेको समयमा गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि थप चार वटा पराकम्पन्न गईसकेका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार विहान १२ः०८ बजेको समयमा ४.५, १२ः२९ को समयमा ४.२, १२ः३५ बजे ४.३ र विहान ४ः१६ बजेको समयमा ४.५ रेक्टर स्केलको भूकम्पका केन्द्रविन्दु जाजरकोट रहेका हुन् ।






