भूकम्प प्रभावितको राहत-उद्धारका लागि माेवाइल नम्बर

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ । विपतको यस समयमा पीडितको उद्धार, पुनस्र्थापन र राहत वितरणको लागि जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले इमरजेन्सी मोवाइल नम्बरमा सम्पर्क राख्न सबैमा अनुरोध गरिएको छ । जिल्ला विपद समितिकाे अापत्कालिन बैठक बसी उद्धार, उपचारमा सबै सयन्त्रहरु परिचालन गरिएकाे छ ।  रुकुम र जाजरकोट भूकम्पका पीडितको तत्काल उद्धारका लागि तपशिलका सम्पर्क नम्बर दिइएको छ ः–
जाजरकोटः
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रूकुम पश्चिमः
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

भुकम्प प्रभावितको उद्धारमा कठिनाई
सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।

उनका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो । रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

भूकम्प प्रभावितको राहत-उद्धारका लागि माेवाइल नम्बर

जाजरकोट र रुकुम पश्चिम भूकम्पका मृतक–घाइतेको पालिका

भूकम्प प्रभावितको राहत-उद्धारका लागि माेवाइल नम्बर

जाजरकोट भूकम्प : भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड