माओवादीले केन्द्रबाट घोषणापत्र सार्वजनिक नगर्ने

नेकपा माओवादी केन्द्रले स्थानिय तह निवार्चन–०७९ को घोषणापत्र सार्वजनिक नगर्ने भएको छ।माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले केन्द्रबाट घोषणापत्र सार्वजनिक नगर्ने जानकारी दिए।
उनका अनुसार माओवादीले यसअघि नै केन्द्रबाट स्थानिय तहलाई अपिल पठाइसकेको छ। सोही अपिलमा आधारित रहेर आ–आफ्नो आवश्यक्ता अनुसार स्थानीय तहले छुट्टै घोषणापत्र बनाउन सक्नेछन्।
अन्य दलहरुले भने धमाधम आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेको छ। तर, माओवादी केन्द्रले भने स्थानीय तहमा मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको हो।





