कालिमाटीका अधिकांश जनप्रतिनिधिले राजिनामा दिए

दिलिप ढकाल
गुर्भाकोट, १२ बैशाख ।
सल्यानको कालिमाटी गाउँपालिकाका सबै जना प्रतिनिधिहरुले राजिनामा बुझाएका छन् । देश संघीय संरचनामा गएसङ्गै पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा कालिमाटी गाउँपालिकामा विभिन्न दलबाट निर्बाचित भएका वडा अध्यक्ष लगायत पालिका अध्यक्ष र उपाध्याक्ष अधिकांशले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

सबै जना प्रतिनिधिहरुले आइतबार कालिमाटी गाउँपालिकाको कार्यालय रामपुर सल्यानमा स्वयम् उपस्थित भएर राजिनामा बुझाएको कालिमाटी गाउँपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनुभयो ।

२०७८ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्बाचनको लागि मनोनयन दर्ता गर्ने दिन आइबार र सोमबार भएकाले अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्ष हरु र केहि वडा सदस्य हरुले ले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

कालिमाटी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न वडामा पुरानै जनप्रतिनिधि दोहोरिने अबस्था आएकाले मनोनयन दर्ताको लागि सबै जना प्रतिनिधिहरुले राजिनामा दिएका हुन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकाल अब केहि दिन मात्र बाँकी छ ।

कालिमाटीका अधिकांश जनप्रतिनिधिले राजिनामा दिए

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *