छत्रेश्वरीमा लोक्पाल खत्री समूहको स्वतन्त्र उम्मेदवारी

वसन्त कुमार शर्मा
सल्यान, १२ बैशाख ।
“समृद्ध छत्रेश्वरी विकासमुखी छत्रेश्वरी’’ भन्ने मुल नाराका साथमा स्वतन्त्र उम्मेदवारको समूह छत्रेश्वरी गाउँपालिका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोकमान खत्री ( लोक्पाल) ले उम्मेदवारी दिनुभएको छ ।
खत्रीले सोमबार निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यहि टिमबाट वडा नम्बर १ को वडाअध्यक्षमा टोपबहादुर केसी, वडा नम्बर २ को अध्यक्षमा टोप बहादुर डाँगी, वडा नम्बर ३ को अध्यक्षमा चुर्न बहादुर खड्का, वडा नम्बर ४ को अध्यक्षमा लोकबहादुर ओलीले पनि स्वतन्त्र वडाध्यक्ष र वडा सदस्यहरु उम्मेदवारी परेको छ ।
यो टिमले बाँकी ३ वटा वडाहरुमा पनि भोलीसम्म उम्मेदवारी दिने जानकारी गराउनु भएको छ । आफ्नो उम्मेदवारी सर्वहारा जनताको जित को लागि भएको बताउनु भएकोछ ।







