जनमतका अध्यक्ष सिके राउत बने संसदीय दलको नेता
काठमाडौँ ,४ पाैष ।
राष्ट्रिय जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त(सीके) राउतलाई नै संसदीय दलको नेता चुनेको छ । बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई नै सर्वसम्मत पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।
![]()
प्रत्यक्षमा आफूमात्रै जितेका राउतको जनमत पार्टीले समानुपातिकमा भने पाँच सिट जितेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा छ ।
महासचिव चन्दन राउतले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई सर्वसम्मत चयन गरेको बताए । ‘हाम्रो दलको नेता उहाँ नै हो । उहाँको विकल्प हुने कुरै भएन,’ उनले, ‘आज प्रक्रिया पु¥याएर उहाँलाई जिम्मेवारी दिइएको हो ।’
कान्तिपुर



