तुम्चमा जाेखिमपुर्ण यात्रा

हुम्ला,३ साउन  ।

कर्णाली कोरिडोरको हुम्ला सडक खण्डको दोमुखदेखि तुम्चसम्म वर्षात्मा हिलाम्मे सडकमा चालकलाई गाडी गुडाउन मुस्किल छ । उक्त सडकखण्डमा ट्र्याक खोल्ने काम मात्र भएको तर ग्राभेल नगरिएको कारण यो समस्या भएको हो ।

दैनिकजसो पानी परिरहेका कारण सडक हिलाम्मे भएपछि गाडी गुडाउन कठिन भएको बताइएको छ । कच्ची सडकमा गाडी चलाउनै पर्ने बाध्यताका कारण हिलो र खाल्टोमा ढुङ्गा भरेर गाडी गुडाउने गरिएको चालकहरूको गुनासो छ ।

यात्रु वीरसिंह नेपालीले कर्णाली कोरिडोरसँग जोडिएको अदानचुली गाउँपालिकाको दोमुखदेखि सर्केगार्ड गाउँपालिकाको तुम्च क्षेत्रमा गाडीमा यात्रा गर्न सकस हुने बताए  । उनले भने “हिलाम्मे सडकमा गाडी पल्टिएलाजस्तो गरी चलाउँछन् । जोखिम उठाएर यात्रा गर्नुपरिरहेको छ ।”

कतिपय अप्ठ्यारो बाटोमा यात्रुलाई झारेर खाली गाडी पनि गुडाउने गरिएको बताइन्छ । गाडी चालक रामबहादुर मगरले दुई किलोमिटरभन्दा बढी सडक हिलाम्मे भएको कारण गाडी गुडाउन मुस्किल भइरहेको बताए । यसरी हिलाम्मे सडकमा एक हप्तायता गाडी गुड्दै आएका छन् । बर्खा भर्र्खरै सुरु भएका कारण यो समस्या झनै बढ्ने देखिएको छ ।

उहाँले हिल्सा–सिमकोट सडक आयोजनाले स्तरोन्नतिको काम नगर्दा समस्या आएको बताउनुभयो । कोरिडोरको हुम्ला सडक खण्डको उक्त सडक आयोजनाले हेर्दै आएको छ । कोरिडोरको कवाडीदेखि सलिसल्लासम्म ३९ किलोमिटर सडक छ ।

स्राेत  : गाेरखापत्र

तुम्चमा जाेखिमपुर्ण यात्रा

हुम्लामा ४५ प्रतिशत मात्र पुँजीगत खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *