हर्क साम्पाङलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

काठमाडौं,३ पाैष  ।

दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रमुख साम्पाङले सुरुमा चमारे बुद्धि भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा टिप्पणी गरेको भन्दै आयोगले एक विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । आयोगले राईलाई आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले अटेर गर्दै आयोगमाथि नै प्रश्न उठाएपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताएका छन् ।

आयोगले लेखेको पत्रमा भनिएको छ, धरान उपमहानगरपालिकाका प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमार्फत तराईको दलित समुदायमाथि अपमान गर्ने अभिव्यक्ति दिएकोमा त्यसमा आयोगले विज्ञप्तिमार्फत मेयर राईलाई सच्याउन आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुन सार्वजनिक गरेको हुँदा उनलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ ।

यति गर्दा पनि मेयर राईले सामाजिक सञ्जालमा लेख्न भने रोकेका छैनन् । उल्टै उनले फेसबुक स्टाटसमार्फत आफूलाई नभएको आरोप लगाएको र जातीय सद्भाव भड्काएको भन्दै दलित आयोगलाई नै कारबाहीको माग गरेका छन् । राईले आयोगलाई झ्यास झुस आयोगको संज्ञा दिँदै आफूलाई उक्त आयोगले नजिताएको भन्दै उसको कारबाहीलाई उस्स गर्ने भनेका छन् ।

हर्क साम्पाङलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

७ वर्षीय बालक आधा घण्टा घस्रँदै विद्यालय पुग्छन्

हर्क साम्पाङलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

विश्वकप २०२२ सफल पार्न खटिएका दुई सय

Leave a comment

Your email address will not be published. Required fields are marked *