पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

एजेन्सी,२ मंसिर ।

 पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित अभिनेत्री कौरको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो । उनका भाइ हरिन्दर सिंह खंगुराका अनुसार दलजीत पछिल्लो ३ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित थिइन्। उनको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ ।

दलजीतले दिल्लीस्थित लेडी श्रीराम कलेजबाट स्नातक गरेकी हुन्। उनले सन् १९७६ मा फिल्म दाजबाट आफ्नो फिल्म करिअर सुरु गरेकी हुन्। उनका श्रीमान् हरिमिन्दर सिंह देओलको सडक दुर्घटनामा परी निधन भएपछि उनी केही समय फिल्म क्षेत्रबाट ब्रेक लिएकी थिइन्। सन् २००१ मा दलजीत फेरि फिल्म क्षेत्रमा फर्किइन्।

आफ्नो फिल्म करिअरमा दलजीतले १० हिन्दी तथा ७० पञ्जाबी फिल्ममा अभिनय गरेकी छन्। उनलाई पञ्जाबी सिनेमाकी मेमा मालिनी पनि भनिन्थ्यो। धेरै सुपर डुपर फिल्ममा अभिनय गरेकी दलजीतले पञ्जाबी सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छन्। उनका हिट फिल्महरुमा मामला गडबड है, पटोला, सइदा जोगन, सरपंच, कि बनू दुनिया दा, पुत जट्टा दे हुन्।

अन्नपुर्ण

पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

शृंखला जित्न नेपाललाई १७७ रनको लक्ष्य

पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *