शृंखला जित्न नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं,२ मंसिर ।

नेपालविरुद्ध जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईले घरेलु टिमलाई एक सय ७७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ को योगफल तयार गर्यो। खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो।

त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गरेका थिए। तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाए। यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहे। अर्कातिर हजरत २० रनमा अविजित रहे।

नेपालका लागि कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट हात पारे। तीन खेलको शृंखलाको पहिलो दिन नेपाल ८४ रनले पराजित भएको थियो। बुधबार भएको दोस्रा एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटको जित निकालेको नेपाल आज पनि बाजी मार्दै उपाधि घरमै राख्न चाहन्छ।

अन्नपुर्ण

शृंखला जित्न नेपाललाई १७७ रनको लक्ष्य

चुनावमा घर फर्कने चटारो

शृंखला जित्न नेपाललाई १७७ रनको लक्ष्य

पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *