देखिने छैनन् पेले र म्याराडोना

पेरिस,२ मंसिर ।

सन् २०१७ मा फुटबल इतिहासका दुई ठूला स्टार एकसाथ देखिएका थिए मस्कोमा । अवसर थियो, त्यसको एक वर्षपछि रुसमा हुन लागेको ‘ड्र’ निकाल्ने कार्यक्रम । इटालीलाई ४–१ ले हराएर १९७० को विश्वकप जितेपछि पेलेलाई बोक्दै ब्राजिली टोली भ्लादिमिर पुटिन त्यस अवसरलाई आफ्नो बनाउन चाहन्थे तर सकेनन । डिएगो म्याराडोनाले एक अवसरमा मुस्कान दिइरहेका पेलेलाई चुम्बन गरे ।

पेलेले पनि त्यस अवसरलाई ‘सेल्फी’ लिएर क्यामरामा कैद गरे । यी दुई फुटबल हस्तीले कुनै बेला आफूमध्ये को सबैभन्दा बढी महान् भनेर तर्क वितर्क पनि गरे ।

त्यो अवसर वास्तवमै सम्झनलायक थियो । यी दुईले आ–आफ्नो देशका लागि विश्वकप जित्दाका क्षण फेरि सम्झाए । त्यतिबेला पेले आफैं ह्विलचियरमा थिए । फुटबलका यति ठूला स्टारको स्थिति यस्तो हुनेछ भनेर कल्पना गर्न गाह्रो थियो । पेले सक्रिय खेलजीवनबाट संन्यास लिएपछि पनि सक्रिय रहे । उनी प्रायोजकको प्यारो रहे ।

म्याराडोनाले भने कहिले पनि कूटनीतिक पाराले बोल्न जानेनन् । तर, समर्थकबीच खुबै लोकप्रिय रहे । सन् २०१८ को पछिल्लो विश्वकपमा उनी विपक्षी समर्थकसँग नाच्दै गरेको देखिए । अझ नाइजेरियाविरुद्ध सेन्ट पिटर्सबर्गमा अर्जेन्टिनाले अन्तिम क्षणमा गोल गर्दा म्याराडोनाले दुवै हातका बीचको औंला उठाएर सलाम ठोके ।

सन् १९५८ मा पेलेले पहिलोपल्ट विश्वकप ट्रफी उचालेका थिए । त्यसयता अहिले २२ औं संस्करणको विश्वकप आइपुग्दा कतारमा यी दुवै ठूला स्टार देखिने छैनन । म्याराडोनाको सन् २०२० मा निधन भएको थियो । त्यसैले उनी त्यसै देखिने छैनन् ।

स्वास्थ्य समस्याका कारण पेले पनि कतार जाने छैनन् नै । समर्थकले कतारमा यी दुई स्टारलाई महसुस भने गर्न सक्नेछन्, किनभने तिनले खेलेका विश्वकपका खेल दोहो¥याएर देखाइरहने छ, ठुल्ठूला टीभी स्क्रिनमा । त्यसमा सन् १९७० मा पेलेको तेस्रो विश्वकप जित त हुनेछ नै, सन् १९८६ मा म्याराडोनाले हातले गरेको गोल पनि हुनेछ । सँगै म्याराडोनाले त्यसलगत्तै गरेको महान् गोल हुनेछ । इंग्ल्यान्डविरुद्धको त्यस गोललाई शताब्दीकै गोल भन्ने गरिन्छ ।

त्यसो त म्याराडोना मात्र हालै यस दुनियाँबाट बिदा लिने ठूला स्टार होइनन् । उनी बितेको दुई सातापछि अर्को एक महान् खेलाडीको निधन भएको थियो । उनी थिए इटालीका पाउलो रोसी । उनले सन् १९८२ को विश्वकपमा ६ गोल गरेका थिए । स्पेनमा भएको प्रतियोगितामा इटाली अविश्वसनीय रूपमा च्याम्पियन भएको थियो । उनले ब्राजिलविरुद्ध ह्याट्रिक गरेका थिए । अगस्ट आइपुग्दा विश्व फुटबलले गर्ड मुलरलाई पनि गुमायो ।

उनले पश्चिम जर्मनीका लागि कीर्तिमान ६८ गोल गरेका छन् । उनकै गोल मदतमा पश्चिम जर्मनीले म्युनिखमा भएको सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । म्याराडोना र रोसीले हामीलाई के पनि सम्झाउँछ भने विश्व फुटबलमा तिनका चर्तिकला अझ बढी चर्चित छन् । त्यही म्याराडोनाको हात गरेको गोल अझ बढी चर्चित छ । उनको त्यसलगत्तैको उत्कृष्ट गोलभन्दा । अझ सन् १९९४ को विश्वकप आइपुग्दा उनी अझ ठूला खलनायक भए ।

प्रतिबन्धित औषधीको जाँचमा असफल भएपछि उनलाई घर फर्काइएको थियो । रोसी त झन ‘म्याच फिक्सिङ’ प्रकरणमा फसे । बल्लतल्ल सन् १९८२ को विश्वकपका लागि उनी इटालीको टिममा परेका थिए । त्यसले देखाउँछ, कुनै बेला कोही खेलाडी खलनायक हुन सक्छन् । तर तिनै खेलाडी सबैभन्दा ठूलो नायक हुन बेर छैन । हुनसक्छ, कतारमा कोही कसैका लागि करिम बेन्जेमा, बुकायो साका, लियोनल मेसी वा नेयमर पटक्कै मन नपर्ने पनि हुनसक्छन् । तर तिनले म्याराडोना, मुलर र रोसीले जत्तिकै विश्वकपमा नयाँ इतिहास रच्न सक्छन् ।

कान्तिपुर

देखिने छैनन् पेले र म्याराडोना

जापानमा नेपालीको चक्कु प्रहारबाट हत्या

देखिने छैनन् पेले र म्याराडोना

कर्णालीमा ३४८ कैदीबन्दी मतदाता

Leave a comment

Your email address will not be published. Required fields are marked *