नेपालको जितमा अन्जनको निर्णायक गोल

काठमाडौँ,१ मंसिर ।

नेपालले पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल १–० ले जितेको छ । त्यस जितमा अन्जन विष्टले ८३ औं मिनेटमा निर्णायक गोल गरे । गोलरहित पहिलो हाफमा दुवै टिमले उल्लेखनीय आक्रमण बुन्न सकेन ।

नेपालले खेल नियन्त्रणमा राखे पनि निर्णायक प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा सब्टिच्युट खेलाडीका रुपमा आभास लामिछानेले डेब्यु गरे । दोस्रो हाफमा पनि दुवै टिमको आक्रमण कमजोर रह्यो । तर खेल सकिन सात मिनेट अगाडि सुनील बलको पासमा अन्जनले नजिकको दूरीबाट गोल गरे । नेपालका लागि यो उनको ११ औं गोल हो ।

नेपालले रोहित चन्दको नेतृत्व खेलेको यो पहिलोपल्ट हो । दशरथ रंगशालामा नेपालको यो ऐतिहासिक ५० औं खेल हो । प्रशिक्षक प्रवेश कटुवालले नेपाली टिम सम्हालेको पनि पहिलो अवसर हो । यस्तै पाकिस्तानले फिफाको निलम्बनपछि खेलेको यो नै पहिलो आधिकारिक खेल हो । प्रतिबन्धको कारण पाकिस्तान तीन वर्ष आधिकारिक फुटबलवाट बाहिर रहेको थियो ।

कान्तिपुर

नेपालको जितमा अन्जनको निर्णायक गोल

कर्णाली प्रदेशका १० जिल्लाको निर्वाचन हिसाब किताबः

नेपालको जितमा अन्जनको निर्णायक गोल

भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!