बेलायती मोडल बढी हट भएपछि तनावमा (फोटो फिचर)
एजेन्सी ।
बेलायती मोडल अलउ हफलाई अहिले आफु हट हुनु नै तनावको विषय बनेको छ । कारण केही एपहरुले उनको एकाउन्ट बेला बेलामा हटाइदिने गरेका छन् ।
२४ वर्षिय यी मोडलले आफू हदैसम्म आकर्षक भएकोहरुले फेक आइडी भन्दै केही मान्छेले उजुरी गरेकाले हटाइदिएको बताउछिन् । डेलीमेलमा प्रकाशित एक रिपोर्टका अनुसार उनले ओन्लीफ्यान्समा तस्वीर शेयर गरेर वार्षिक ४४ हजार पाउण्ड सम्म कमाउँछिन् ।
अलउका ६७ हजार इन्स्टाग्राम फलोअर छन् । अलउका अनुसार उनलाई टिन्डरमा पहिलो पटक सेप्टेम्बर २०२० मा ब्लक गरिएको थियो । त्यसपछि उनले यस विषयमा गुनासो गरेपछि उनको अकाउन्ट पुनः सक्रिय गरिएको थियो तर डिसेम्बर २०२१ मा फेरि ब्लक गरियो ।
उनका अनुसार उनलाई अर्को डेटिङ एप हिंगेले पनि मार्च २०२१ मा ब्लक गरेको थियो । यसबाहेक अर्को डेटिङ एप बम्बलले पनि २०२० मा उनलाई ब्लक गरेको थियो ।
उनले भनिन् ‘मलाई मेरा केही फोटोहरुका कारण समस्या भएको थियो त्यसपछि मैले ती तस्वीरहरु रिप्लेस गरिदिएँ ।









