कर्णाली प्रदेशकाे चार बर्षमा काे काे भए २२ जना मन्त्री !

सुर्खेत, ४ फागुन ।
चार बर्षे अवधिमा कर्णालीमा आधा सांसदहरु मन्त्री बनेका छन् । ४० सदस्यीय प्रदेशसभामा हाल ३५ जना सांसद छन् । तर यो अवधिमा २० सांसद र एकजना गैरसांसदसहित २१ जना मन्त्री बनेका छन् ।
तत्कालीन नेकपाबाट प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, विमला केसी, नन्दसिंह बुढा, दल रावल र खड् कबहादुर खत्री मन्त्री बनेका थिए । नेकपा विघटनसँगै एमाले सरकारबाट बाहिरियो ।
त्यसपछि तत्कालीन एमालेमा रहेका हालको समाजवादीका नेताहरु (अम्मरबहादुर थापा र कुर्मराज शाही) माओवादीबाट सीताकुमारी नेपाली र गोपाल शर्मा र काँग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री र दिनबन्दु श्रेष्ठले मन्त्री बन्ने मौका पाए । यदपी त्यसमा नन्दसिंह बुढा पनि मन्त्रीमा दोहोरिएका थिए ।
काँग्रेस नेतृत्वको वर्तमान सरकारमा जीवबहादुर शाही मुख्यमन्त्री बन्दा काँग्रेसकै हिमबहादुर शाही मन्त्री बनेका छन् । काँग्रेसबाट बुढाक्षेत्री दोहोरिएर मन्त्री बनेका छन् ।
तीन दलिय गठबन्धको वर्तमान सरकारमा माओवादी केन्द्रबाट विन्दमान विष्ट, छिरिङ डम्डुल लामा ‘कार्चेन’, गणेशप्रसाद सिंह र नेकपा समाजवादीबाट चन्द्रबहादुर शाही र पदमबहादुर रोकाया मन्त्री बनिसकेका छन् ।
चार वर्षको अवधिमा कर्णालीले २२ जना मन्त्री पाएको छ । यो अवधिमा कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र तत्कालिन एमालेका नन्दसिंह बुढाले दोहोरिएर मन्त्री बन्ने मौका पाए ।
काँग्रेस नेतृत्वको वर्तमान सरकारमा जीवबहादुर शाही मुख्यमन्त्री बन्दा काँग्रेसकै हिमबहादुर शाही मन्त्री बनेका छन् । काँग्रेसबाट बुढाक्षेत्री दोहोरिएर मन्त्री बनेका छन् ।
तीन दलिय गठबन्धको वर्तमान सरकारमा माओवादी केन्द्रबाट विन्दमान विष्ट, छिरिङ डम्डुल लामा ‘कार्चेन’, गणेशप्रसाद सिंह र नेकपा समाजवादीबाट चन्द्रबहादुर शाही र पदमबहादुर रोकाया मन्त्री बनिसकेका छन् ।
चार वर्षको अवधिमा कर्णालीले २२ जना मन्त्री पाएको छ । यो अवधिमा कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र तत्कालिन एमालेका नन्दसिंह बुढाले दोहोरिएर मन्त्री बन्ने मौका पाए