अनुदानबाट बनाएको संरचना भत्काउनेलाई कारवाही गर्न पत्राचार

सुर्खेत, २९ माघ ।
दिनेश स्मृति पार्क निर्माणमा सरकारी रकम अनुदान लिएर बनाएको संरचना मनोमानी रुपमा भत्काएर समान लिएकोप्रति डिभिजन वन कार्यालय सुर्खेतले आपत्ती जनाएको छ । युगआव्हान दैनिकबाट सञ्चालित युगन्यूज मल्टिमिडियामा समाचार प्रकाशित भएपछि वन डिभिजन कार्यालय सुर्खेतले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेको छ । समाचार प्रकाशन प्रशारण गरी खबरदारी भएपछि वन कार्यालयको ध्यानाकर्षण भएको हो ।

घण्टाघर पार्क नजिकैको दिनेश स्मृति पार्कमा बनेको संरचना प्रतिष्ठानका अध्यक्ष मानदत्त न्यौपानेले आफुखुशी भत्काएर लगेको भन्दै उक्त कार्य रोक्न डिभिजन वन कार्यालयले प्रहरीलाई सहयोगको आग्रह गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र लेख्दै संरचना भत्काउने र लैजाने कामलाई बन्द गर्न आग्रह गर्नुभएको छ ।

तर प्रहरीलाई लिखित रुपमा पत्र पठाउदाँ समेत संरचना भत्काई ढुंगा, ईट्टा, बालुवा लिने क्रम नरोकिएको स्थानियको भनाई छ । डिभिजन वन कार्यालले १२३६ चलानी नम्बरको पत्र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पठाउँदा समेत प्रहरीले संरचना भत्काउने र रोक्ने काम बन्द नगरकेको स्थानियले बताएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतले भने, प्राविधिक मूल्यांकन भै रकम भुक्तानी भैसकेपछि आफुखुशी संरचना भत्काउन नमिल्ने जनाएको छ । सरकारी निकायबाट रकम लिई प्राविधिक मुल्यांकन भै फछ्र्यौट भएका सम्पत्ति आफुखुशी गर्न नमिल्ने कार्यालयको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने पत्र प्राप्त हुन साथ काम रोक रोकिएको दावी गरेको छ ।

डिभिजन वन कार्यालय सुर्खेतबाट पत्र प्राप्त हुन साथ अहिने त्यसक्षेत्रबाट कुनै पनि सामाग्री लिने तथा भत्काउने, उत्खनन गर्ने काम नभएको डिएसपि रामप्रसाद घर्तीले जाकनारी दिनुभयो । पाइलट दिनेश न्यौपानेको सम्झनामा सुर्खेतको घण्टाघर पार्क नजिकै ‘दिनेश स्मृति पार्क’ निर्माण गर्न लागिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा पार्क निर्माणका लागि डिभिजन वन कार्यालय सुर्खेतले अनुदान रकम उपलब्ध गराएको थियो । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा जग्गा प्राप्तीको अधिकारको प्रक्रिया नपुर्याई पार्क निर्माण गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि निर्माण कार्य रोकिएको थियो ।

यो पनि पढ्नुहोस :

वन कार्यालयबाट भुक्तानी, नगरपालिकाबाट भत्काउन आदेश

यहाँ भिडियो रिपोर्ट हेर्नुहोस :

https://www.youtube.com/watch?v=VekV5VmxkJA&t=8s

अनुदानबाट बनाएको संरचना भत्काउनेलाई कारवाही गर्न पत्राचार

हिमपातले कर्णालीको सडक आयोजनाको निर्माण कार्य रोकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *