हुम्ला खार्पुनाथमा सकेट बम भेटियो

हुम्ला, २९ माघ ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ को मेहल रुखमा सकेट बम भेटिएको छ । स्थानीयले बमजस्तो देखिने बस्तु भएको कुरा प्रहरीलाई जानकारी गराएपछि सो स्थानमा सेनाको टोली पुगेर सकेट बम भएको पुष्टि गरेको हो । नेपाली सेनाको बराह दल गुल्मका गुल्मपति गणेश खड्काले शंकास्पद रुपमा भेटिएकोे बस्तु सकेट बम भएको बताउनुभयो ।

बम भएको आशंका गरिएको जानकारी पाउने बित्तिक्कै गुल्मपति खड्कासहित सेनाको टोली घटनास्थलमा पुगेको थियो । बमलाई डिस्पोजल गर्ने उपकरणसहित टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो । टोलीले सकेट बम भएको पत्ता लगाएसँगै त्यसलाई डिस्पोज गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सेनाले सो सकेट बम माओवादी युद्धका क्रममा राखिएको हुनसक्ने जनाएको छ ।

हुम्ला खार्पुनाथमा सकेट बम भेटियो

आमा समूहको नेतृत्व गर्दै सहकारीको अध्यक्षसम्म

हुम्ला खार्पुनाथमा सकेट बम भेटियो

राष्ट्र उत्थान उद्युवित्तको फागुन ४ देखि आईपीओ,

Leave a comment

Your email address will not be published. Required fields are marked *