ब्राउनसुगर मुखमा लुकाएर ल्याउने पक्राउ

बाँके, २७ माघ ।
मुखभित्र लुकाएर नेपालगञ्जतर्फ आउँदै गरेको अवस्थामा ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् । बाँके कोहलपुर न.पा.–५ रजेना बस्ने बर्ष २२ को सनिस केसीलाई प्रहरीले पक्राउ गरेको छ ।


भारतबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय जमुनाहा चेक पोइन्टबाट खटिएको प्रहरी नायव निरिक्षक मिन बहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो । मुखभित्र लुकाई ल्याएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

ब्राउनसुगर मुखमा लुकाएर ल्याउने पक्राउ

छोरा जन्माउने आशमा गर्भवतीको टाउकोमा ठोकियो साढे

Leave a comment

Your email address will not be published. Required fields are marked *