सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

दुर्गा विसि
सल्लीबजार, २७ माघ ।
सुरक्षित आप्रवास (सामि) परियोजनाले सल्यान पश्चिम सल्लिवजारमा विहिबार सामुदायिक अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सही सुचना लिएर र सीप सिकेर मात्रै जान संस्थाको मुल सन्देश रहेको छ । आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाइ सामाजिक वहिस्करण प्रभाव न्युनिकरणका क्षेत्रमा उक्त संस्थाले बनगाड कुपिण्डे नगरपालिकासहित जिल्लाको ४ स्थानीय तहका विभिन्न क्षेत्रहरुमा काम गरिरहेको छ ।

साथै सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विस सरकारवीच सञ्चालित परियोजना हो । यो परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा गएका घरमा रहेका श्रीमति माथीको सामाजिक बहिस्करण, उनीहरु प्रती हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिएको छ ।

वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाइ न्युनिकरणका लागि संस्थाको भुमिका महत्त्वपूर्ण रहेको कुरा जनाएको छ । वैदेशिक रोजगारिबाट सृजित समस्या ऋण, ठगि, जेल शोषण, अलपत्र, अंगभंग, पारिवारिक वेमेल, छोडपत्र, विखण्डन, सामाजिक लान्छना, मानिस तनाव, बालबच्चा र वृद्धहरुको हेरचाहमा समस्या समाज हाल यस्तै समस्या देखिन्छ ।साथ साथै वैदेशिक रोजगारिले गरिबी न्युनिकरण, रिमिट्यान्स लगाएतका क्षेत्रमा भार समेत थामेको जनाए छ ।

सामुदायिक अगुवासँग संस्थाले यस्तै यावत सवालमा निराकरणका उपाएमा सबैको महत्वपूर्ण भुमिका निर्भाहा गर्न विशेष जोड दिएको छ । विशेष गरी गल्त लांन्छाना जस्ता कुरा चिरफार हुनु जरुरी रहेको जनाएको छ । सामी परियोजना कार्यक्रम अध्यक्ष दिपेन्द्र प्रकाश डिसी, परियोजना संयोजक विमल गौतम र कार्यक्रम अधिकृत विष्णु आर्यालले सो कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए ।

सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

कर्णाली करिडोर सुधार गर्न घरटहरा खाली गराउँदै

सुरक्षित आप्रवासन (सामी) परियोजनाको अन्तरक्रिया

एसईईको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

Leave a comment

Your email address will not be published. Required fields are marked *