वडा अध्यक्षविरुद्ध ३५ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २७ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष शम्भु प्रसाद यादव विरुद्ध बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनी विरुद्ध ३५ लाख २१ हजार बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

साविक सहोडवा गाविस ६ को हाल पिपरा गाउँपालिका वडा नं ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविसको कार्यालयले ठेक्का लगाएकोमा ठेकेदार रहेका निज यादवले ठेक्कावापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्दै अख्तियारले आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पु¥याई ठेक्कावापतको बाँकी उक्त रकम हानी नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । साथै अख्तियारले हानी नोक्सानी भएको रकम निजबाट असुलउपर हुन समेतको मागदाबी गरेको छ ।

वडा अध्यक्षविरुद्ध ३५ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

Leave a comment

Your email address will not be published. Required fields are marked *