१० दिनपछि जुम्लाको​ हिमामा टेलिफोन सेवा सन्चालन

जुम्ला । १० दिनअघि अवरुद्ध भएको हिमा गाउँपालिकाको टेलिफोन सेवा आजबाट सुचारु भएको छ ।

१० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएको जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, ’हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडौंबाट सामग्री ल्याई जोडिएको छ ।’

प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ ।

उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।

 

१० दिनपछि जुम्लाको​ हिमामा टेलिफोन सेवा सन्चालन

निर्वाचन सुरक्षाका लागि मुगुमा एक हजार १६५

Leave a comment

Your email address will not be published. Required fields are marked *