कर्मयोगीका कुरा : चुकिलो चट्पटेको गुलियो व्यापार

प्रस्तुती : सिर्जना बुढाथोकी
दैलेखको भगवतीमाई गाँउपालिकाकी शोभा रोकाय, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं.८ आवास क्षेत्रमा कोठा भाँडामै बस्छिन् । उनका एक छोरा र एक छोरी छन् । उमेरले उनी ३५ वर्षकी भइन् । उनका श्रीमान कमाई गर्न भारत जाने आउने गर्छन । कमाउन गएका श्रीमान वर्षौपछि मात्रै घर फर्किन्छन् । तर उनले भारतमा कमाएको पैसा आधा उतै खर्च हुने गर्छ भने बचेको केहि अंश मात्रै घर आउँछ ।

श्रीमानको कमाईलाई पर्खेर बस्दा आपूmलाई घरखर्च चलाउनै मुश्किल र ऋणले सताउन थालेपछि उनले केहि गर्ने योजना बनाईन । र शुरु गरिन चटपटेको व्यापार । अहिले क्याम्पस लाइनमा उनको चटपटेको ठेला छ । उनले यो व्यापार शुरु गरेदेखि उनलाई घर खर्चमा निकै सहज भएको छ । दिनमा उनले १८ सयदेखि २ हजारसम्म व्यापार गर्ने गरेको बताइन् ।

उनका २ वटा छोराछोरीलाई पढाउन, घरव्यवहार चलाउन र लत्ताकपडा सबैको जोहो उनको चटपटेको व्यापारले धानेको छ । उनले मासिक रुपमा चारदेखि पाँच हजारसम्म बचत गर्ने गरेको बताइन् । वर्षौपछि आउने श्रीमानको पैसाको आश गर्नुभन्दा यहि व्यापारले आफ्नो सबै खर्च चलेको र छोराछोरीलाई आवश्यक सामानको जोहो गर्न सकेकोमा उनलाई अहिले खुशी लागेको छ ।

घरमै खाली बसेर दिन कटाउनुभन्दा केहि इलम गरेपछि आपूmपनि व्यस्त अनि व्यापार पनि हुने भन्दै अहिले आपूm निकै खुशी भएको बताइन् । तर आपूm जस्ता ठेलामा व्यापार गर्नेहरु एकैठाउँ बस्नको लागि ठाउँ नभएको र नगरपालिकाले पनि एकै ठाँउ राख्न नदिदा भने अलि समस्या हुने गरेको उनले दुखेसो पोखिन ।

उनी जस्तै, दैलेखको गुराँस गाँउपालिकाकी कौशिला थापा पनि कोठा भाँडामा सुर्खेतको इत्राममा बस्दै आएकी छिन् । उनी आफ्ना श्रीमान र २ वर्षिय छोरासंग चटपटेकै व्यापारमा व्यस्तछिन् । दैनिक उनले आफ्नो चटपटेको ठेला वीरेन्द्रनगरको भानुपार्क (भाइरल रोड) मा राखेर व्यापार गर्छिन् । यहि चटपटेको व्यापारले कोठा भाँडा, घरखर्च, औषधीउपचार र आवश्यक वस्तु सबैका लागी पुगेको उनले सुनाईन् ।

उनका श्रीमान सानै उमेरमा बुवाआमासंग भारतमा बसेर पढेर कक्षा १२ पास गरेर घर फर्किएका हुन् । भारतीय पढाई भएकाले नेपालमा केहि रोजगारी पाउन पनि सकस भएको उनले बताइन् । श्रीमानले कक्षा १२ पास गरेर पनि आपूmहरु चटपटेको व्यापार गर्नु परेको उनले बताइन तर दिनमा १५ सय सम्मको व्यापार यहि चटपटे बेचेरै कमाउने गरेको उनले बताइन् ।

उनले चार हजार कोठाभाँडा, घरखर्च सबै कटाएर दैनिक ४ सयका दरले बचत पनि गर्ने गरेको बताइन् । पछिल्लो समय चटपटे व्यापारमा धेरैको आकर्षण बढेको छ । व्यापार गर्न लगानी पनि धेरै नलाग्ने अनि फाइदा पनि अरु व्यापारमा भन्दा बढी हुने भएकाले पनि चटपटे व्यापारमा नागरिकको आकर्षण बढेको छ । यस्तै, विशेष गरी महिलाहरुमा पनि चटपटे मोह बढेको छ । छिटोछरितो रुपमा थोरै पैसामै, टाठोपिरो खान पाउने भएपछि चटपटे महिलाको प्रमुख रोजाईमा पर्ने एक खाजा हो । सहजै चोकचोकमा पाउने पनि भएकाले यसले बजार लिएको छ ।

कर्मयोगीका कुरा : चुकिलो चट्पटेको गुलियो व्यापार

YUGAAWHAN NATIONAL DAILY (2079-04-23)

कर्मयोगीका कुरा : चुकिलो चट्पटेको गुलियो व्यापार

युवामैत्री निति निर्माणमा जोड दिँदै कर्णाली युवा

Leave a comment

Your email address will not be published. Required fields are marked *