विप्लवको पार्टीबाट विप्लवलाई नै हटाईयो

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।
बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।
पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको बताइएको छ ।





