मध्यपश्चिम विश्वविद्यालयका उप–कुलपति भन्छन्, ‘मेरा कुलपति देउवा होइनन्, ओली नै हुन्’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले राजनैतिक प्रतिशोधका साथ विश्वविद्यालय सञ्चालन गरेको देखिएको छ । उपकुलपति सिंहले नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँग भेटघाट कार्यक्रममा बोल्दै पूर्वाग्रहपूर्ण राजनैतिक विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

सिंहको सो कार्यक्रममा दिएको सम्बोधनको अडियो रेकर्ड बाहिरिएको छ । अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएको उनले बताएका छन् ।

उनले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने भनेका छन् । ‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला,’ सार्वजनिक भएको अडियोमा उप–कुलपति प्रा।डा। अडियोमा सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो ।’

उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको भनेका छन् । उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको समेत सुझाएका छन् । त्यसका लागि सडकमा जानुको विकल्प नभएको उनको भनाइ छ ।

‘हामी सशक्त भएनौं भने हामीसँग लागेका मानिसहरु भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ उनले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्,’ उनले भनेका छन् ।

उनले यसअघिका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालालाई ‘कांग्रेससँग लेनदेन नमिलेर’ एमाले पार्टीसँग सहयोग मागेको आरोप पनि लगाएका छन् । ‘म आउनुअघिका उप–कुलपतिले कांग्रेससँग मिलेर विश्वविद्यालयको पूरै बजेट सिध्याउने काम गरे,’ अडियोमा भनिएको छ, ‘लेनदेन नमिलेपछि मात्रै एमाले भनेर देखिएका हुन् ।’

उपकुलपति सिंहले सामाजिक सञ्जालमा आफू र विश्वविद्यालयले गरेका राम्रा कामहरुको प्रचार गर्न पनि अखिलका विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।

‘केपी ओलीले के अपराध गरेका थिए र रु विकास गरेकै थिए,’ सार्वजनिक भएको अडियोमा भनिएको छ, ‘अहिले म माथि आक्रमण भइरहेको छ, ममाथि आक्रमण हुनु भनेको सिंगो पार्टीपंक्तिमाथिको आक्रमण हो, सोसल मिडियामार्फत मैले गरेका र विश्वविद्यालयले गरेका राम्रा कामहरु बाहिर ल्याएर भ्रम चिर्नुहोस्’, उनले भनेका छन् ।

उपकुलपति सिंहले भने सार्वजनिक भएको अडियोलाई ‘एनिमेटेड’ भनेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त अडियो ‘एनिमेटेड’ भनेका हुन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू प्रति अपमान हुने गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने एउटा गिरोहले फेरि कब्जा गरी मोज गर्न सकिन्छ कि भन्ने गलत उद्देश्यले प्रधानमन्त्री एवम् कुलपतिज्यूको सम्मानमा आँच आउने गरी बनाइएको एनिमेटेड अडियोप्रति घोर भत्र्सना गर्दछु ।’

नेपाल वाचबाट

मध्यपश्चिम विश्वविद्यालयका उप–कुलपति भन्छन्, ‘मेरा कुलपति देउवा होइनन्, ओली नै हुन्’

एमसिसीसँग गोप्य सम्झौता भएका छन्, सबै सार्वजनिक

मध्यपश्चिम विश्वविद्यालयका उप–कुलपति भन्छन्, ‘मेरा कुलपति देउवा होइनन्, ओली नै हुन्’

वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट छैन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!