विजयको ‘फर्मुला’ सिक्न शुल्क तिर्नेहरु हैरान, भन्छन्, ‘लोकसेवामा नाम निकाल्ने सपना सपनै रह्यो’

आफूलाई मेमोरी किङ्ग भन्ने कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एकसय ४० जना युवाले ५–५ हजार रूपैयाँ शुल्क लगेकाे खुलेको छ।

तर, शाहीको क्षमता विवादित बनेपछि उनीहरू हैरान भएका छन्। कालीकोट महावै गाउँपालिका–५ का विजयले एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरूले शुल्क तिरेका थिए।

तर, उनीहरूको सपना सपनामै रहेको छ। शुल्क तिर्नेमध्येका एक वसन्त शर्मा आफूले गत माघमै पाँच हजार रूपैयाँ तिरेको बताउँछन्।

‘उनले देशभरमै ख्याति पाइरहेको समयमा विश्वास लागेको थियो र उनीबाट स्मरण कला सिकेर लोकसेवामा नाम निकाल्ने सोच बनाएका थियौं,’ शर्माले भने, ‘सुर्खेतका मजस्तै एकसय ४०  जनाले विजयलाई पाँच हजारका दरले शुल्क तिरिसकेका छौं।’

९ घन्टाको कोर्सका लागि भनेर सो शुल्क लिइएको तर, एक दिन बोलाएर ३ घन्टासम्म पद्मासन गराइ फर्काइएको उनले बताए।

पैसा तिरेकाहरुले आफूले फर्मुला सिक्न नपाएको बताएका छन्। सुर्खेतमा शाहीको टिमले फर्मुला सिकाउनका लागि सात लाखभन्दा बढी रकम संकलन गरेको बताईएको छ।

यस विषयमा प्रहरीमा भने कसैले पनि उजुरी गरेको छैन। शाही निकट सा्रेतले भने पैसा फिर्ता हुने बताएको छ।

विजयको ‘फर्मुला’ सिक्न शुल्क तिर्नेहरु हैरान, भन्छन्, ‘लोकसेवामा नाम निकाल्ने सपना सपनै रह्यो’

YUGAAWHAN NATIONAL DAILY (2078-04-15)

विजयको ‘फर्मुला’ सिक्न शुल्क तिर्नेहरु हैरान, भन्छन्, ‘लोकसेवामा नाम निकाल्ने सपना सपनै रह्यो’

एमसिसीसँग गोप्य सम्झौता भएका छन्, सबै सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *