कस्ता च्याउ खाने, कस्ता नखानेरु यसो भन्छन् विज्ञ

काठमाडौं । यतिबेला वर्षातको समय छ। घर वरपर विभिन्न थरीका च्याउ उम्रेका छन्। ती च्याउ धेरै विषालु हुन्छन्। ती च्याउ नचिनी खाएर कतिपयको ज्यान अकालमै जाने गरेको छ।

वरिष्ठ च्याउ विज्ञ एंव नाष्टका सचिव डा। महेशकुमार अधिकारीका अनुसार गाउँघरमा यी च्याउबारे उखान छ। तर, सत्यता छैन
जस्तो ;
-कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो हुँदैन
-टिमुरले विषालु च्याउको विष मार्दैन

वरिष्ठ च्याउ विज्ञ डा।अधिकारीका अनुसार

कस्ता च्याउ नखानेरु

-दूध आउने च्याउ खान हुँदैन
-गोबरमा उम्रिने च्याउ पनि खानु हुँदैन
-किरा फट्याङ्ग्राले खाएको भन्दैमा नचिनेको च्याउ खान हुँदैन
-चम्किलो रङ भएका च्याउ खाना हुने र नहुने दुवै छन् यी पनि चिनेर मात्र खानुपर्छ
-कत्ला भएको च्याउ खान हुन्छ भन्ने मान्यता भए पनि खान नहुने च्याउ पनि थुप्रै छन्

यस्ता छन् खान मिल्ने

-यार्सागुम्बा जातको च्याउ खाँदा शरीरलाई कुनै असर गर्दैन
-खेती गरिएका च्याउ खान मिल्छ
-चिप्ले किराले खाएको च्याउ खानै हुँदैन भन्ने होइन,तर चिनेर मात्रै खानुपर्छ

गाउँघरतिर विभिन्न समयमा जंगली च्याउ खाएर मानिसहरू बिरामी पर्ने र मर्ने गरेका समाचारहरू आइरहने गरेका छन्। च्याउ चिनेर मात्र खानुपर्ने डा। अधिकारीको सुझाव छ। खान हुने च्याउले मानव शरीरलाई पोषण दिने तथा विभिन्‍न भिटामिनयुक्त हुने पनि उनी बताउँछन्।

कस्ता च्याउ खाने, कस्ता नखानेरु यसो भन्छन् विज्ञ

पहिले स्कुलेसाथी अहिले जीवनसाथी

कस्ता च्याउ खाने, कस्ता नखानेरु यसो भन्छन् विज्ञ

एमयुमा राजनितिकरण र भ्रष्टाचार हुन दिन्नः उपकुपति

Leave a comment

Your email address will not be published. Required fields are marked *