‘अरु बैंकभन्दा सिभिल बैंकले पृथक सेवा दिदैछ’

“समृद्धिका लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा ब्यवसायको आयतनमा विशेष वृद्धि गरी एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ । निरन्तर रुपमा मौलिक बैंकिङ सेवाहरु पस्कँदै आइरहेको छ । भर्खरै मात्र बैंकले बजारमा ल्याएको निक्षेप योजनाहरु खुत्रुके खाता र सुपर प्रिमियम बचत खाता के हो ? यसका फाइदाहरु के छन् ? यसै विषयमा केन्द्रित रेहर सिभिल बैंकको कर्णाली प्रदेश कार्यालयका प्रमुख अभिजित श्रेष्ठसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उक्त कुराकानी सम्पादित अंश :

यो सुपर प्रिमियम बचत खाता भनेको के हो ?
न्युनतम मौज्दात रू २५,००० रहेको सिभिल बैंक सुपर प्रिमियम बचत खातामा बैंकले ६.०१ प्रतिशतको सर्वाधिक बार्षिक ब्याजदर उपलब्ध गराउँछ । त्यसका अलावा मेटलाइफ बीमा कम्पनीसँगको सहकार्यमा खातावालालाई ६ वटा प्रमुख घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक,
पहिला हृदयघाट, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) का लागि रू दुई लाखसम्मको निःशुल्क औषोधी उपचारको सुविधा प्रदान गर्नेछ । साथै मोवाइल बैंकिङ्ग सुविधा, इन्टरनेट बैंकिङ्ग सुविधा, एटीएम कार्ड, एसएमएस बैंकिङ्ग सुविधा पनि निःशुल्क रुपमै प्रदान गरिनेछ । र यो बचत खाता १८ वर्ष देखि ५८ वर्ष ननाघेका जो कोहीले पनि सजिलै खोल्न सक्नेछन् ।
अनि यो खुत्रुके खाता भनेको नी ?
अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा शर्तहरु तथा बन्देजहरु हुने गर्छन् । योभन्दा पृथक रहेर सिभिल बैंकले आफ्नो रिकरिंग डिपोजिट–खुत्रुके खातालाई शर्त तथा बन्देजमुक्त बनाईएको छ । जसमा बचत गर्न चाहने ग्राहकले दुई बर्षदेखि दश बर्षसम्मको खुत्रुके खाता रेकरिंग डिपोजिट खोल्छन् ।
अनि मासिक न्युनतम रु पाँच सयदेखि माथि गर्दै जान्छन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी तिर्नुपर्ने हुँदैन । अनि आफुले निर्धारण गरेको समय सिमापश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउँछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा एक प्रतिशत थप ब्याज पाइन्छ । केहीगरी अवधिको बिचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।
कोरोनाको बेलामा खाता खोल्न बैंकमा आउने त ?
बैंकमा पुग्नै पर्दैन । वैकल्पिक सुविधा छ । कोरोना संक्रमणको जोखिम भएकोले घरबाटै अनलाइनमार्फत पनि खाता खोल्न सकिन्छ । र पछी आफुलाई पायक पर्ने शाखामा गई केवल दस्तखत गरी खाता संचालनमा ल्याउन सकिन्छ ।
ऊच्च ब्याजदर दिनुको कारण के हो नी ?
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तिय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतका कमाइको कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको हो ।
यही कारणले ग्राहकहरु यस बचत खाताबाट लाभान्वित हुनेछन् । साथै हामी सर्वसाधरणको बैंकको रुपमा परिचित हुन तथा ग्राहकहरुलाई बढीभन्दा बढी प्रतिफल प्रदान गरी लोकप्रिय बैंक बन्ने योजनामा छौं ।






