मोडलको खुलासाः जाकोविचको अश्लील भिडियो बनाउनका लागि अफर गरिएको थियो ८२ लाख

एजेन्सी । सर्बियाली मोडल नतालिया स्केचले हालै एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनका अनुसार उनलाई संसारका नम्बर १ टेनिस खिलाडी नोवाक जोकोविचलाई फसाउन र सेक्स टेप बनाउनका लागि मोटो रकम अफर गरिएको थियो । नातालियाले उनलाई यसका लागि ६० हजार यूरो अर्थात् ८२ लाख रुपैयाँ र आफूलाई मनपरेको कुनै पनि स्थानमा भेकेसनको अफर गरिएको थियो ।

इन्स्टाग्राम स्टारले यूरोपेली म्यागजिन स्वेट एण्ड स्क्यान्डलसँगको कुराकानीमा नोवाकको वैवाहिक जीवन ध्वस्त पार्नका लागि यस्तो योजना बुनिएको जानकारी दिइन् । उनले भनिन्, ‘यो साँचो हो कि मलाई एक व्यक्तिले सम्पर्क गरेका थिए । म उनलाई पहिलेदेखि नै चिन्दथेँ र उनलाई एक निकै गम्भीर प्रोफेशनल ठान्दथेँ । उनले मलाई डेटका लागि सोधेका थिए र व्यापारको सिलसिलामा उनले मसँग बसेर कुरा गर्न चाहेको होलान् भन्ने मैले सोचेँ । यद्यपि, मैले क्रमशः बुझ्दै गएँ कि यो मेरो जीवनसँग सम्बन्धित नभई नोवाकको जीवनलाई बबार्द गर्नका लागि एक षड्यन्त्र रचिँदै थियो ।’

नतालियाले थपिन्, ‘ती व्यक्तिले मलाई नोवाकलाई रिझाउन र उनलाई एक रोमान्टिक स्थलमा लगेर उनीसँगको सेक्स टेप सुट गर्नुपर्ने बताए । सुरुमा त मलाई ती व्यक्ति ठट्टा गरिरहेका छन् जस्तो लागेको थियो तर उनी पूर्ण रुपमा गम्भीर थिए ।’ यी मोडलका अनुसार यो कामका लागि उनलाई ६० हजार यूरो र संसारको कुनै पनि स्थानमा रिल्याक्स गर्न पाउने अफर गरिएको थियो । यसबारे उनी भन्छिन्, ‘उनको कुरा सुनेर मलाई असाध्यै रिस उठ्यो । उनलाई त्यति नै बेला पानी फ्याँकिदिन मन लागेको थियो तर त्यो एक सार्वजनिक स्थान थियो त्यसैले त्यसो गर्न सकिनँ ।’

उनी भन्छिन्, ‘त्यसपछि मैले आफ्नो सामान उठाएँ र त्यहाँबाट गएँ । म आशा गर्छु कि उनले यस्ता युवती पाउनेछैनन् जो यस्तो गर्न राजी हुनेछन् किनभने यो नोवाकमाथि ज्यादती हुनेछ । नोवाक संसारकै सबैभन्दा उत्कृष्ट खिलाडी मानिन्छन् । उनी हाम्रो देशका सबैभन्दा ठूला ब्रान्ड एम्बेसेडर हुन् र एक आदर्श पारिवारिक व्यक्ति हुन् ।’

उनले थपिन्, ‘म आशा गर्छु कि यो खुलासा पछि अन्य महिला पनि यो कामका लागि अघि बढ्ने छैनन् ।’ स्मरण रहोस्, नोवाक र उनकी श्रीमती जेलेनाको विवाह सन् २०१४ मा भएको थियो । नोवाक र जेलेनाको सम्बन्धको विषयमा विभिन्न प्रकारका अफवाह उड्ने गर्छन् ।

नोवाकले सन् २०२० मा आफ्नो एक बयानमा भनेका थिए, ‘जेलेना र मेरो सम्बन्धविच्छेद हुन लागेको कुरामा मानिसहरुले निकै चासो दिइरहेका छन् र म यो बुझ्नसक्छु । तर यस्तो होइन किनभने हामी दुई एकअर्कालाई असाध्यै सम्मान गर्दछौं र हाम्रो सम्बन्ध बलियो छ ।’

मोडलको खुलासाः जाकोविचको अश्लील भिडियो बनाउनका लागि अफर गरिएको थियो ८२ लाख

मेलम्चीको पानी आइतबारदेखि वितरण गरिने

मोडलको खुलासाः जाकोविचको अश्लील भिडियो बनाउनका लागि अफर गरिएको थियो ८२ लाख

महन्थलाई प्रचण्डको प्रश्न : एक हप्ताभित्र हाम्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *