राम्रा भन्दा हाम्रा खोज्दा दुई वर्षसम्म शिक्षक पदपूर्ति भएन
दुर्गा विसी
सल्लीबजार, १४ माघ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ मा रहेको जय नेपाल आधारभुत विद्यालयमा मुख्य विषय अंग्रेजि र गणित शिक्षक पदपूर्ति हुन सकेन । शिक्षक पदपूर्ति हुन नसक्नुको एउटै कारण राजनीति दवाव। जसका कारण विद्यालय व्यवस्थापन समितिले विज्ञापन खोल्न सकिरहेको छैन ।
अंग्रेजी र गणित विषयलाई समाजिक वा नेपाली वनाउन खोज्दा समस्या भएको छ । उक्त विषयमा गणित तर्फ भरत रावत र अंग्रेजी शिक्षक देविलाल परियार स्थायी भई अन्यत्र गए पछि सो राहत कोटा खालि भएको थियोे । विद्यार्थी भने उक्त विषय नपढी परिक्षा दिने गरेका छन्।विद्यालयको चरम लापरबाही प्रती स्थानीय अभिभावक रोष प्रकट गर्दछ्न ।
स्थानीय महिला नेतृ उषा रानाका अनुसार विद्यालयको मुख्य विषय फेरवदल गर्न खोज्दा र आफ्ना कार्यकर्ता भर्ति केन्द्र वनाउन खोज्दा यहाँको पढाई अस्तव्यस्त वनेको छ । यसतर्फ यहाँका जनप्रतिनिधि, विद्यालय प्रशासनदेखि स्थानीय राजनीतिक अगुवाहरु नै मुख्य दोषी रहेको उहाँको भनाई छ ।
निति विधि र मुख्य विषय परिवर्तन गरी साधारण विषय भएमा विद्यालय नबन्ने अन्य स्थानीय अभिभावकको भनाई छ । राजनीतिक स्वार्थ र आफ्ना मान्छे राख्न खोज्दा संस्थालाई धरासयी नबाउन पटक पटक अभिभावकले चेतावनी दिँदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेको छैन् ।
विद्यालयको जटिल समस्याप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल राना र प्रधानाध्याक चन्द्र राना पनि राजनीति दवावमा रहेको देखिन्छ । स्वतन्त्रपुर्वक विद्यालयलाई निर्णय गर्ने अधिकारमा बाह्य राजनीतिम हस्तक्षेप देखिन्छ । यता नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवस्था देखाउने गरेको छ ।
शिक्षाको पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा वेखवर बनेको छ । बर्सौदेखि रिक्त दरवन्दीमा शिक्षक पदपूर्ति गरी पठन पाठन अघि बढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्व क आफ्नो निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरहि वनेको छ ।
शिक्षाका सवालमा शाखाको प्रगति तेति उत्साहजनक देखिन्न । यस्ता कुरामा तत्काल ताकेता दिनुपर्ने शाखाको काम कर्तव्य हो तर तेसो हुन नसकेको पाइन्छ । दुई÷दुई वर्षसम्म मुख्य विषयका शिक्षक नहुँदा ती बालबालिकाको पढाई के भयो होला । के पढछन् होला । त्यस्तो सम्वेदशिल कुरामा चासो नदिनु भनेको सम्बन्धि निकाय पुरै असफल भएको सन्देश सुन्न सकिन्छ ।
जय नेपाल निमावि जस्तै यहाँका आधा दर्जन विद्यालयका स्थायि भएर खालि भएका राहत कोटा खालिका खालि छन् । शिक्षक अभावमै यहाँका प्रस्तावित आधारभुत विद्यालयहरु १÷५ झर्दैछ्न । धेरैले निजिमा राखेका शिक्षकहरुको तलव दिन नसक्दा संकट थपिएको छ भने जय नेपाल निमाविले दरवन्दि हुँदाहुँदै पनि शिक्षक पदपूर्ति गर्न सकिरहेको छैन । विज्ञापन खोल्नका लागि धेरै पटक बैठक वस्यो तर निर्णय हुन सक्दैन ।