कर्णालीका कुकुरलाई निःशुल्क बन्ध्याकरण

सुर्खेत, १३ माघ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निःशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविज विरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो ।

कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ ।

सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डेले वताउनुभयो । कुकुरको संख्या बढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको प्रमुख डाक्टर पाण्डेको भनाई छ । कर्णाली प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवासहित शिविर संचालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा पहिलो पटक कुकुरलाई बन्ध्याकरण गर्न लागिएको हो ।

पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक कुकुरहरु लाईखोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको ब्यवस्थापन गरिएका पशुपंन्छी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिनुभयो ।

यो अवधीमा तीन सयबढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले बताउनुभयो । सोमवार तथा मंगलवार विहान सम्म करिव १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको उहाँले जानकारी दिनुभयो । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्समार्फत पशुपंन्छी विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले बताउनुभयो ।

घरपालुका कुकुर सम्बन्धीत घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने उहाँको भनाई छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाण्डौ, पशुपन्छि रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सँयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि वुधवार सम्म संचालन हुने आयोजक कार्यालय पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

कर्णालीका कुकुरलाई निःशुल्क बन्ध्याकरण

YUGAAWHAN NATIONAL DAILY (2077-10-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *