सोमबार सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ । आइतबार प्रतितोला ४०० रुपैयाँले बढैको सुनको भाउ सोमबार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकाे छ। आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ । आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम गरिएको छ । आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

सोमबार सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु

सोमबार सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

अमेरिकाद्वारा नेपाललाई एक लाख बढी फाइजर खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *