२०८३ जेष्ठ ३० गते
×

Now Playing

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल(इरान भिड्दै

काठमाडौं । एएफसी यू(२३ एसियन कप छनोटमा आज नेपालले पहिलो खेलमा इरानको सामना गर्दै छ ।

नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल इरान आज आमनेसामने हुदैछन् ।

नेपालले यो भन्दा पहिले इरानसँग इरानकै होम ग्राउण्डमा एक खेल खेलेको छ । जसमा इरानले नेपालमाथि ५(० को फराकिलो जित निकालेको थियो ।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल(इरान भिड्दै

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल(इरान भिड्दै

विश्वकपमा आज एक खेल

Leave a comment

Your email address will not be published. Required fields are marked *