सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्पोट हुदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका(७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका(६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘समुदायिक वन खुलेको बेला, आज बिहान पौने १०:४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी घर्तीले भने बताए ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन एमाले अध्यक्ष

सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

नेता केसी : कांग्रेसलाई बलियो बनाउन गुट

Leave a comment

Your email address will not be published. Required fields are marked *