२०८३ जेष्ठ ३० गते
×

Now Playing

टी(२० विश्वकप स् आजदेखि सुपर १२ का खेल हुँदै

काठमाडौं । आईसीसी टी(२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।

पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो ।

सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।

सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।

यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

टी(२० विश्वकप स् आजदेखि सुपर १२ का खेल हुँदै

एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा अम्मर थापा

टी(२० विश्वकप स् आजदेखि सुपर १२ का खेल हुँदै

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन एमाले अध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *