घुँयत्राे : चुनाव घोषणा गरेछि भने ओलिबालाई मिठ्ठो निद्रा पर्ने भाछ 

ओलीबा तपाइँ पनि ठट्टा गर्न बहुत मायुर हुनुहुन्छ के ! विचरा प्रतिपक्षलेनी तपाइँले ठट्टा गर्नुभा हो भन्ने पत्तै पाएनन् के । के गर्दा रैछन् हेरम् न त भनेर सरकार बनाउन बाटो खोल्देँ मात्रै के भन्नुभाथ्यो । सत्ताँ पुग्न नपाएर आत्या प्रतिपक्ष त १४९ जनाको हस्ताक्षरलेर टुप्लुक्कै शितलनिवासमा ।

तिनीहरुलाई के थाहा २ घण्टा अघिसम्म आफूले वहुमत जुटाउन नसक्ने भएर सत्ता छोड्दिन लाको भनेर पत्रकारहरुलाई घराँ बोलाएरै चुतिया बनाएर आँफूले मधेशीका ३२ र आफ्ना १२१ गरि १५३ अर्थात बहुमत पुर्याएर विपक्षीभन्दा पहिले नै शितलनिवास पुगेर प्रधानमन्त्री हुने दाबी पेश गर्या विपक्षीले था नै पाएनन् ।

१७६ (५) धारा पनि आफ्नै १५३ जना सांसद नी आँफ्नै अनि राष्टपति नी आँफ्नै भावेला ओलीबाले सत्ता कइँ लैजाव बाँडेर खाव भनेर दिनुहुँदो त । २१ घण्टे अल्टिमेटम नी ठट्टै होला भन्ने मान्या भा त एक दिनभरी तमासै हुन्थेन त । ती विपक्षीले कुरै नबुझ्दा विचरा ओलीबाले आधाराताँ मन्त्रीहरूको बैठक बोलाएर सुतिसक्या राष्टपति ज्युलाई बोलाएर चुनाव घोषणा गर्ने बनाइ दे त नी । अब चुनाव घोषणा गरेछि भने ओलिबालाई मिठ्ठो निद्रा पर्ने भाछ ।

अब चुनाबाँ मधेसीहरसित गठबन्धन नि हुने भो, अनि आफ्ना पार्टीका भनाउँदा २६ से हरुलाई नि कारबाही गरेर पार्टीबाट धक्का मार्न नि पाइयो । जति चुटाल्न खोजेनी नचुट्या त्यो एमाल्या गाँठो केहीदिनका लागि भएनी चुटाल्न त पाइयो नि । त्यै भएर प्रधानमन्त्री बहुत खुस हुनुहुन्छ । कार्यकर्ता साथीहरु चिन्ता नगर्नाेस्, अब सरकार ढल्ने ठाऊँ कतै छैन । बरु ६ महिनासम्म एक्कै ठाँ अड्डियाअड्ड्यै गर्ने सरकारबाट अनेक तानाबाना बुनेर रुप्याँपैसा ल्याउनुपरो र जनतालाई भोट देउ भन्नूपरो ।

अर्काेपटक प्रधानमन्त्री भएर देखाउन मधेसीहरुसित अहिलेभा गठबन्धन झन् वलियो बनाएर मधेसीसित पछिपछि लाएर हिन्नु परोनी त । आखिर सिट भनेका धेरै मधेसमै छन् । मधेसाट चुनाव जितेछि प्रधानमन्त्री बन्न कसले रोक्ने । हिजो माओवादीसित गठबन्धन गरेर जित्दानी प्रधानमन्त्री तपाईं नै हुनुभो र भोलि मधेसीको गठबन्धनाँ नि तपाईं नै हुनुहुन्छ । प्रचण्ड जस्तालाई घुमाउन सक्ने तपाइँले त्यो मगन्ते र महतो भन्या त झन् कुन ड्याङ्गका मुला हुन र ? आज जसरी माधव र प्रचण्डलाई तह लाउनु भो, भोलि मधेसीहरुलाई चुनिचुनि ठेगान लाउन सकिन्छ नी । सक्केन भनेनी भारतीयहरुलाई इसारा गरे त ठेगान लाईदिइ हाल्छन् नि के को पीर भो र ! बजाउनोस् ओलीबा बजाउनोस् ।

वेदर्षि

घुँयत्राे : चुनाव घोषणा गरेछि भने ओलिबालाई मिठ्ठो निद्रा पर्ने भाछ 

YUGAAWHAN NATIONAL DAILY (2078-02-09)

घुँयत्राे : चुनाव घोषणा गरेछि भने ओलिबालाई मिठ्ठो निद्रा पर्ने भाछ 

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *